काठमाडौं ।।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँँ भनिएका पार्टीहरूले देश हाँक्न नसक्ने टिप्पणी गरेका छन् ।बिहीबार केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नयाँ दलहरू खोलाको किनारामा बसिरहेको भन्दै पौडी खेल्नै बाँकी रहेको बताए ।“अहिले केही नयाँ भनेर पनि निस्किएका देखिन्छ ।
नयाँ बिचराहरू अहिले त खोलाको किनारामा बसेर हात पानीमा चोबल्दै छन् । खोलामा पसेकै छैनन् । पौडी खेल्न त बाँकी नै छ,” ओलीले भने, “जो ड्राइभरको सिटमा एकपटक बसेको छैन, उसले ड्राइभिङ गर्छ होला ? उनीहरू त भर्खर सिक्न खोज्दै छन् । उनीहरूबाट अहिले देश हाँकिने भन्ने कुरा छैन ।”उनीहरूसँग कुनै विचार नभएको ओलीको भनाइ छ । राजनीति खेल खेलेको जस्तो नभएको उनले बताए ।