April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

रिगललाई कैद माफी दिनुको कारण सात दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:१७
रिगललाई कैद माफी दिनुको कारण सात दिनभित्र पेश गर्न सर्वोच्चको आदेश
  • सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद माफी मिनाहा गर्नुको कारण माग
  • ढकाललाई पुनः जेलमै पठाउनुपर्ने माग गर्दै काठमाडौँको माइतीघरमा अनशनसमेत शुरू
  • पेसीलाई अग्राधिकार दिँदै रिगलको हकमा राष्ट्रपतिबाट माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल झिकाउन आदेश

काठमाडौँ ।

सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद माफी मिनाहा गर्नुको कारण माग गरेको छ। चेतन मानन्धरकी पत्नी भारतीले दिएको रिटमाथि बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले सुनुवाइ गर्दै सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट ढकालको कैद माफी मिनाहा भएपछि न्याय माग्दै भारतीले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। उनले ढकाललाई पुनः जेलमै पठाउनुपर्ने माग गर्दै काठमाडौँको माइतीघरमा अनशनसमेत शुरू गरेकी छन्।

‘निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुनु पर्ने/नपर्ने हो? जारी हुनु नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सोसमेत खुलाइ प्रत्यर्थीमध्ये रिगल ढकाललाई आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरूको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४६ (१) बमोजिम मिति २०८०/०६२४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्नु’ आदेशमा भनिएको छ।

त्यस्तै, सर्वोच्चले रिट निवेदनको टुंगो नलाग्दासम्म निवेदक तथा निजको परिवारका सदस्यहरूलाई यथोचित सुरक्षा आवश्यक भए सोको व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई भनेको छ। पेसीलाई अग्राधिकार दिँदै रिगलको हकमा राष्ट्रपतिबाट माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल झिकाउन आदेश दिइएको छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १0:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।