May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सुत्केरीमा दूध आएन भने के गर्ने ?

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:0८
सुत्केरीमा दूध आएन भने के गर्ने ?

सर्वव्यापी भनाइ नै छ, ‘शिशुको लागि आमाको दूध अमृत समान हुन्छ ।’ अतः नवजात शिशुका लागि जब अन्य भोजन हुँदैन, आमाको दूध नै उनीहरुका लागि सम्पूर्ण आहार हुन्छ । तर सुत्केरी भइसकेपछि आमाको दूध आएन भने ? यससँगै अर्को कुरा पनि यहाँ जोडिन आइपुग्छ, स्तनपान गराउनु शिशुका लागि मात्र होइन आमाका लागि पनि लाभदायक हुन्छ ।

सुत्केरी हुँदा दूध नआउने समस्या

सामान्य प्रसूति अर्थात् नर्मल डेलिभरी गरेका भन्दा शल्यक्रियाबाट अर्थात् सिजेरियनबाट शिशु जन्माउँदा आमामा दूध नआउने समस्या हुनसक्छ । हुन त यस्तो समस्या सामान्य प्रसूति भएका आमामा पनि आउन सक्छ ।के कारण दूध आउँदैन ?

दूध नआउने कुनै एउटा मात्र होइन विभिन्न कारण छन् । बच्चा जन्मिने बित्तिकै आमाको दूध चुस्दा ‘ओक्सिटोक्सीन’ भन्ने हर्मोन चलायमान हुन्छ । त्यो सँगै दूध आउने हर्मोन पनि रिलिज हुन्छ ।

दूधको प्रवाह खासगरी शिशु जन्मेको तेस्रो दिनदेखि हुन्छ । त्यसैले पहिले दोस्रो दिन दूध कम आउने समस्या हुन सक्छ । पहिलो पटक आमा बनेका महिलालाई राम्रोसँग दूध खुवाउने तरिका नजान्दा दूध आउँदैन ।

डेलिभरी हुने बित्तिकै बच्चालाई आमाको दूध चुसाइएन भने पनि ढिलो दूध आउने तथा दूध नआउने हुन सक्छ । दूध आउनको लागि मुन्टामा साना साना प्वाल हुन्छन्, त्यो प्वाल टालियो भने पनि दूध नआउने हुन्छ ।

आमालाई दैनिक दूध उत्पादन गर्न सामान्य अवस्थामा भन्दा थप झोल पदार्थ, थप तागतिला खानेकुरा लगायत अन्य पौष्टिक खानेकुरा आवश्यक हुन्छ । गर्भावस्था तथा सुत्केरी भएको बेला खानपानमा ध्यान दिइएन र सुत्केरीले पोषिलो आहार पाएन भने पनि दूध नआउने समस्या देखिन्छ ।

स्तनपानका अप्ठ्यारा

कसैकसैमा दूध बन्ने हर्मोनको नै कमी भएर पनि दूध नआउने समस्या हुन्छ । कसैमा भने ‘इन्भरटेट’ मुन्टा भित्र पसेको जस्तो हुन्छ, त्यस्तो मुन्टा भित्र पसेको वा सानो हुने हुँदा पनि दूध नआउने र दूध खुवाउन गाह्रो हुने समस्या हुन्छ । मुन्टा र त्यस वरपर घाउ भएको अवस्थामा पनि स्तनपान गर्न समस्या हुन्छ ।

स्तनपान नगराउँदा शिशु र आमालाई समस्या

शिशुलाई आमाको दूध खुवाउन पाइएन भने आमा र बच्चा दुवैलाई समस्या हुन सक्छ । आमाको दूधमा बच्चाको लागि चाहिने सम्पूर्ण पोषकतत्त्व हुन्छ । जसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यदि बच्चाले आमाको दूध खान पाएन भने उसको रोगसँग लड्ने क्षमता कम हुन्छ । शिशुलाई आमाको दूध खुवाउन पाइएन भने आमालाई पनि दूध गान्निने समस्या तथा स्तन क्यान्सरको समेत जोखिम हुन सक्छ ।

बच्चाले दूध खान नपाए

यदि सुत्केरी अवस्थामा दूध आएन भने त्यसले दीर्घकालमा खासै ठूलो असर त गर्दैन । तर आमाको दूधमा ‘इम्युनोग्लोबुलिन’ हुन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ । जसले आमाको दूध खान पाएका छैनन् उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । बच्चाको शारीरिक तथा मानसिक विकास पनि राम्ररी हुन पाउँदैन । आमाले बच्चालाई दूध खुवाउँदा उनीहरूको सम्बन्ध पनि भावनात्मक रूपमा गहिरो हुन्छ ।

विकल्प

दूध नआउने विभिन्न कारण हुने भएकाले अस्पताल गएर दूध नआउने समस्याको उपचार गर्नुपर्छ । दूध नआएको अवस्थामा अहिले काठमाडौं उपत्यकामा हुनेहरुका लागि विकल्पको रूपमा अहिले प्रसूतिगृहमा मिल्क बैंक सञ्चालनमा ल्याएको छ । त्यहाँबाट दूध लिएर पनि बच्चालाई दूध दिन सकिन्छ ।

दूध आउनका लागि के गर्ने ?

सन्तुलित तथा पोषणयुक्त खानाको अभावले दूध नआएको हो भने खानपानमा ध्यान दिनुपर्छ । ज्वानोको झोल र जेरी जस्ता खानेकुराले दूध बढाउन मद्दत गर्छ । त्यसैले सुत्केरी अवस्थामा यस्ता झोलिलो र गुलियो खानेकुरा खानुपर्छ ।

गर्भवती अवस्थादेखि नै आफ्नो स्तनको केयर गर्ने, त्यसको सरसफाइमा ध्यान दिनुुपर्छ । यदि सरसफाइको कमीले दूध आउने प्वाल टालिएको छ भने त्यसको सरसफाइ गर्नुपर्छ । बच्चालाई दूध खुवाइरहनुपर्ने भएकोले कसैको ब्रा नलगाउने बानी हुन्छ, त्यसले पनि समस्या निम्ताउन सक्छ । त्यसैले स्तनलाई राम्ररी सपोर्ट गर्ने खालको ब्रा लगाउनुपर्छ ।

मुन्टा सानो भएर दूध नआएको हो भने सुईको माध्यमबाट त्यसलाई बाहिर निकाल्न सकिन्छ । बच्चाले दूध तान्न सकिरहेको छैन भने ब्रेस्ट पम्पको सहायताबाट दूध निकालेर बच्चालाई खुवाउन सकिन्छ ।

मेरो त दूध नै आएन भनेर बट्टाको दूध खुवाउनुभन्दा पनि के कारणले दूध आएन त्यो पत्ता लगाएर चिकित्सकको सल्लाहअनुसार उपचार गरे दूध आउन सक्छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।