May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:१२
सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
  • टिकटक लगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह
  • छिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो

काठमाडौं ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दोहोरी साँझ, चाडपर्व उत्सव र टिकटक लगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह गरेको छ। अध्यक्ष रीता थापा मगरले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन्। ‘यस्तो अमर्यादित र अभद्र कार्य रोक्न समग्र नेपाली लोकदोहोरी क्षेत्रसँग सम्बन्धित कलाकार, सर्जक र शुभेच्छुकलाई आग्रह गर्छौं,’ विज्ञप्तिमा भनिएको छ। ‘नेपाली मौलिक कला, संस्कृति, परम्परा र संस्कारको संरक्षण गर्नु सबैको दायित्व रहेको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली लोक तथा दोहोरी गीतको अवाञ्छनीय प्रयोग गरी अश्लील तथा अमर्यादित ढंगबाट प्रस्तुति नगर्न आग्रह गर्दछौँ।’पछिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो आइरहेको छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।