April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

यि बालबालिकामा सम्बन्धित निकायको ध्यान जाओस्

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० ११:२१
यि बालबालिकामा सम्बन्धित निकायको ध्यान जाओस्
  • सम्बन्धित निकायले ध्यान नदिँदा बालबालिकाको ज्यान नै जोखिममा
  • ५ महिना अगाडि निर्माण थालिएको उक्त पुल निर्माण हुन सकेन 
  • पुल नबन्दै जीर्ण अवस्थामा पुग्ने अवस्था भएकाे स्थानीयको गुनासो

कैलाली ।।

कैलालीको एक गाउँपालिकामा प्रशासन, प्रहरी पालिकालगायतका सम्बन्धित निकायले ध्यान नदिँदा बालबालिकाको ज्यान नै जोखिममा परेको छ। बर्दगोरिया गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने कुइरा खोलामाथि निर्माणाधीन झोलुङ्गे पुलको लट्ठाले गर्दा बालबालिकाको ज्यान जोखिममा परेको बताइएको हाे । ५ महिना अगाडि निर्माण थालिएको उक्त पुल कछुवा गतिमा निर्माण हुँदा अहिले गोठालो जाने बालबालिकाहरु झुन्डिएर खेल्ने गरिरहेकाले बालबालिकाको ज्यान जोखिममा परेको छ भने पुल चाहिं नबन्दै जीर्ण अवस्थामा पुग्ने भएकाे स्थानीयको गुनासो छ।

“गाई बाख्रा चराउनको लागि बच्चाहरु आउँछन् । दिनहुुँ लट्ठामा झुन्डिएर खेल्छन् । लट्ठाबाट हात चिप्लियो भने बचाउन सकिँदैन”, स्थानीय रामकृष्ण ठकुरीले भने,” सम्बन्धित वडालाई भन्दा कुनै चासो दिएको छैन। कतिबेला कति बच्चाको ज्यान जाने हो थाहा हुन्न।” सम्बन्धित निकायले चासो नदिँदा अहिले स्थानीयहरु चिन्तित बनेका  छन् । “गाई बाख्रा नचराउँ त्यत्तिकै घरकाे खाेरमा थुनेर पाल्न सकिँदैन । चराउँन पठाउँ बालबच्चा मर्लान भन्ने डर छ”,स्थानीय सरिता ठकुरीले भनिन् । स्थानीयहरुले  सम्बन्धित निकायलाई पुल चाँडो निर्माण गरिदिनको लागि आग्रह गरेका छन् ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।