sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुख्य सडकमा अब सीसीटीभी र बत्ती जडान गर्छौँ : उपप्रमुख डंगोल

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:३५
मुख्य सडकमा अब सीसीटीभी र बत्ती जडान गर्छौँ : उपप्रमुख डंगोल
  • मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गरिसकिने
  • सडक बत्तीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता
  • धुलोरहित सडक बनाउन महानगरले एक अर्ब रुपैयाँको टेन्डर अघि सार्दै 

काठमाडौं ।।

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले तीन महिनाभित्र महानगरका मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गरिसकिने बताएकी छन् । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन समारोहमा शुक्रबार उनले यस्तो बताएकी हुन् ।उनले सीसीटीभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएर काम अघि बढाइएको जानकारी गराइन् । धुलोरहित सडक बनाउन महानगरले एक अर्ब रुपैयाँको टेन्डर अघि बढाइसकेको उनले उल्लेख गरिन् ।

उपप्रमुख डंगोलले सो टेन्डर योजनामा सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मका काम हुने बताइन् । प्राधिकरणले सडकपेटीमा विद्युत् बक्स राख्दा पैदलयात्रीलाई असहज भएको भन्दै उनले त्यसबारेमा सोच्न आग्रह गरिन् ।

“महानगरपालिकाले सीसीटीभीका लागि नेपाल प्रहरीसँग एमओयू गरिसकेको छ । र, एनईएसँग पनि रोड सेफ्टीसम्बन्धी जोडिने अर्को महत्त्वपूर्ण पाटो भनेको रोड लाइट्स हो । स्ट्रिक लाइटहरू हुन् । त्यसका लागि पनि हामीले एनईएसँग एमओयू गरिसकेका छौँ । तीन महिनाभित्र मुख्य सडकहरूमा सीसीटीभी कम्प्लिट रूपमा जडान भइसक्ने र सडक बत्ती पनि जडान भइसक्ने हामीले टार्गेट राखेका छौँ,” उनले भनिन्, “धुलोरहित सडक हामीले हाम्रा गौरव र स्वर्णिम योजना पनि अघि सारेका छौँ । धुलोरहित सडकका लागि हामीले एक अर्बको टेन्डर पनि अघि बढाइसकेका छौँ । यो योजनामा विशेष गरी सडकका खाल्डाखुल्डी पुर्नेदेखि लिएर फुटपाथलाई व्यवस्थित बनाउने छ । सडकपेटीमा पैदलयात्रुलाई हिँड्ने वातावरण बनाउनेमा हामी कन्भिन्स छौँ । विद्युत् प्राधिकरणले सडकपेटीमा विद्युत् बक्स राखिदिएकाले पैदलयात्रीलाई असहज भएको छ ।”

उपप्रमुख डंगोलले सवारीसाधनको रुटमा विशेष पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सडकका पूर्वाधार पनि व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिइन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid