May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

मुख्य सडकमा अब सीसीटीभी र बत्ती जडान गर्छौँ : उपप्रमुख डंगोल

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:३५
मुख्य सडकमा अब सीसीटीभी र बत्ती जडान गर्छौँ : उपप्रमुख डंगोल
  • मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गरिसकिने
  • सडक बत्तीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता
  • धुलोरहित सडक बनाउन महानगरले एक अर्ब रुपैयाँको टेन्डर अघि सार्दै 

काठमाडौं ।।

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले तीन महिनाभित्र महानगरका मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गरिसकिने बताएकी छन् । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन समारोहमा शुक्रबार उनले यस्तो बताएकी हुन् ।उनले सीसीटीभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएर काम अघि बढाइएको जानकारी गराइन् । धुलोरहित सडक बनाउन महानगरले एक अर्ब रुपैयाँको टेन्डर अघि बढाइसकेको उनले उल्लेख गरिन् ।

उपप्रमुख डंगोलले सो टेन्डर योजनामा सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मका काम हुने बताइन् । प्राधिकरणले सडकपेटीमा विद्युत् बक्स राख्दा पैदलयात्रीलाई असहज भएको भन्दै उनले त्यसबारेमा सोच्न आग्रह गरिन् ।

“महानगरपालिकाले सीसीटीभीका लागि नेपाल प्रहरीसँग एमओयू गरिसकेको छ । र, एनईएसँग पनि रोड सेफ्टीसम्बन्धी जोडिने अर्को महत्त्वपूर्ण पाटो भनेको रोड लाइट्स हो । स्ट्रिक लाइटहरू हुन् । त्यसका लागि पनि हामीले एनईएसँग एमओयू गरिसकेका छौँ । तीन महिनाभित्र मुख्य सडकहरूमा सीसीटीभी कम्प्लिट रूपमा जडान भइसक्ने र सडक बत्ती पनि जडान भइसक्ने हामीले टार्गेट राखेका छौँ,” उनले भनिन्, “धुलोरहित सडक हामीले हाम्रा गौरव र स्वर्णिम योजना पनि अघि सारेका छौँ । धुलोरहित सडकका लागि हामीले एक अर्बको टेन्डर पनि अघि बढाइसकेका छौँ । यो योजनामा विशेष गरी सडकका खाल्डाखुल्डी पुर्नेदेखि लिएर फुटपाथलाई व्यवस्थित बनाउने छ । सडकपेटीमा पैदलयात्रुलाई हिँड्ने वातावरण बनाउनेमा हामी कन्भिन्स छौँ । विद्युत् प्राधिकरणले सडकपेटीमा विद्युत् बक्स राखिदिएकाले पैदलयात्रीलाई असहज भएको छ ।”

उपप्रमुख डंगोलले सवारीसाधनको रुटमा विशेष पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सडकका पूर्वाधार पनि व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिइन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट