May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

११औँ एभरेष्ट ट्रेल रेसको उपाधि सुमन कुलुङ र फुर्वा शेर्पालाई

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० 0९:२६
११औँ एभरेष्ट ट्रेल रेसको उपाधि सुमन कुलुङ र फुर्वा शेर्पालाई

काठमाण्डाै – ११औँ संस्करणको एभरेष्ट ट्रेल रेसको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ फुर्वा शेर्पाले जितेका छन् ।

६ दिनसम्म चलेको प्रतियोगितामा निर्धारित एक सय ७५ किलोमिटर दूरी कुलुङले २० घण्टा ५६ मिनेट २३ सेकेण्डमा पूरा गरे । यस्तै, महिलातर्फ फुर्वा शेर्पाले २७ घण्टा १७ मिनेट ३७ सेकेण्डमा पूरा गरिन् ।

आज अन्तिम दिन त्याङ्बोचेबाट लुक्लासम्मको दूरी सुमनले ३ घण्टा १० मिनेट र फुर्वाले चार घण्टा १ मिनेटमा पूरा गरे । प्रतियोगितामा सहभागी १० देशका २९ जना धावकमध्ये १० जना महिला र १९ जना पुरुष थिए । जसमा नेपालका एक महिला र एक पुरुष मात्रै सहभागी थिए ।

पर्यटन वर्ष सन् २०११ देखि एभरेष्ट ट्रेल रेस शुरु भएको हो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । ६ दिनसम्म चल्ने दौडमा निर्धारित १ सय ७५ किलोमिटर दूरीमध्ये ३३ किलोमिटर दूरी उकालो ओरालो मात्रै रहेको छ ।

६ दिनअघि सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेँसी, थुप्तेनछोलिङ, रिङ्मु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर आज त्याङबोचेबाट लुक्लामा झरेर सकिएको अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २, २०८० 0९:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।