April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

दोलखा शैलुङमा खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:१५
दोलखा शैलुङमा खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते

खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते

 

 

दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते भएका छन् ।  घरायसी विवाद हुँदा शैलुङ गाउँपालिका–२ पुरानो गाउँका पञ्चबहादुर तामाङले आफ्नै ७५ वर्षीय बुवा रामबहादुर तामाङ र दाइकी बुहारी २७ वर्षीया जेनिशा तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकाे प्रहरीले जनाएकाे छ ।

साँझ बुबा रामबहादुरलाई खुकुरी प्रहार गर्दा बुबालाई बचाउन गएकी बुहारी जेनिशालाई पनि खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरी प्रमुख, डिएसपी दिपक खड्काले जानकारी दिनुभयाे  । प्रहरीका अनुसार खुकुरी प्रहारबाट रामबहादुरको टाउको र कानमा गम्भीर चोट लागेको छ । उहाँको अवस्था गम्भीर छ ।

यस्तै, जेनिशाको पनि टाउकोमा चोट लागेको  जनाएको छ । घाइते दुवै जनालाई  राति नै उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरुको जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

खुकरी प्रहार गर्ने पञ्चबहादुरलाई नियन्त्रणमा लिने क्रममा उनीहरुलाई हानेको खुकुरीको झटारो लागेर प्रहरी जवान भुप श्रेष्ठ सामान्य घाइते हुनुभएकाे छ । खुकुरी प्रहार गर्ने तामाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।