April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर

विश्व बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो, ब्यारेलको ८२ डलरसम्म कारोबार

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:५७
विश्व बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो, ब्यारेलको ८२ डलरसम्म  कारोबार

एजेन्सी। निरन्तर उकालो लागेर ब्यारेलको १ सय डलर नजिक पुगेको कच्चा तेलको भाउ फेरि घट्न थालेको छ। शुक्रबार विश्व बजारमा कच्चा तेलको मूल्य ब्यारलेको ८२ देखि ८६ डलरमा कारोबार भएको छ। एक साताको बीचमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ९८ डलरसम्म पुगेको थियो।

ब्रेन्ट क्रुडमा शुक्रबार कच्चा तेल ब्यारेलको ८४.१५ डलरमा कारोबार भण्एको छ। यस्तै मुर्बान क्रुडमा ८६.११ र डब्ल्युटिआई क्रुडमा ८२.४७ डलरमा झरेको आयल प्राइस डटकमले जनाएको छ। साउदी अरेबिया, रसिया र ओपेक प्लसले उत्पादन कटौती गर्दा विश्व बजारमा तेलको मूल्य बढिरहेको थियो। गत जुनदेखि कच्चा तेलको भाउ ब्यारेलमा ३० प्रतिशतसम्म बढेको थियो।

रुस–युक्रेन युद्ध सुरु भएपछि ब्यारेलको १ सय ४० डलरसम्म पुगेको कच्चा तेलको भाउ घट्दै आएको थियो। गत जुलाइमा कच्चा तेलको ब्यारलेको ७० देखि ७५ डलरमा कारोबार भएको थियो। कच्चा तेलको भाउ बढेर ब्यारेलको १ सय डलर पार गर्ने अनुमान गरिएको छ।

विश्लेषकका अनुसार साउदी अरबलाई आफ्नो महत्वाकांक्षी भिजन २०३० लाई पुरा गर्न तेलको मूल्य प्रतिब्यारेल न्यूनतम् ९० डलरमा चाहिन्छ। ओपेक र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी दुवैले यो वर्ष माग वृद्धि गति दैनिक २० लाख ब्यारेलभन्दा बढी हुने अनुमान गरेका छन्।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ उकाले लागेकाले नेपालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भार बोक्नु पर्ने अवस्था आएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ। विश्व बजारमा घट्न थालेकाले यसको सकरात्मक प्रभाव नेपाली बजारमा पर्ने छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।