April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

माङ्गलिक दोष कसरी बन्छ र कसरी भङ्ग हुन्छ वा यसको समाधान कसरी हुन्छ ?

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १५:२९
माङ्गलिक दोष कसरी बन्छ र कसरी भङ्ग हुन्छ वा यसको समाधान कसरी हुन्छ ?

लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।
पत्नी हन्ति स्वभर्तारं भर्ता भार्यां विनाशयेत् ।।

अर्थात् लग्न कुण्डलीको १, ४, ७, ८, १२ भावमा मंगल ग्रह बसेको खण्डमा मांगलिक योग निर्माण हुने गर्दछ ।  यदि कुण्डलीमा मांगलिक योग लिएर जन्मिएको छ भने त्यस्ता व्यक्तिहरूको त्यस्तै मांगलिक नै वर या बधु खोजेर विवाह गर्नुपर्दछ ।

ज्योतिष शास्त्र अनुसार केटा वा केटी कुनै १ जनाको मात्र मांगलिक योग छ र अर्को को मांगलिक योग छैन र २ जनाको विवाह भयो भने मांगलिक योग भएकोले मांगलिक योग नभएको जीवन साथीलाई पिर्छ भन्ने मान्यता छ ।

मांगलिक दोष भङ्ग हुने स्थितिहरु-
यामित्रे च यदा सौरिर्लग्ने वा हिबुके तथा ।
नवमे द्वादशे चैव भौम दोषो न विद्यते ।।

यदि जन्मकुण्डलीमा १, ४, ७, ९ र १२ औँ भावमा शनिश्चर बसेको भए मंगल दोष लाग्दैन।

न मंगली चन्द्रभृगुर्द्वितीये  न मंगली पश्यति यस्य जीव: ।
न मंगली केन्द्रगते च राहौ न मंगली मंगलराहुयोगे।।

  • चन्द्रमा र शुक्र कुण्डलीको दोश्रो भावमा भएमा,
  • बृहस्पतिले मंगल ग्रहलाई देखेमा,
  • राहु कुण्डलीमा १, ४, ७, १० भावमा बसेमा र
  • कुण्डलीमा मंगल तथा राहु एकै स्थानमा भएमा

यी माथि उल्लेख गरिएका कुराहरू कुण्डलीमा छन् भने मांगलिक दोष लाग्दैन र यस्तो अवस्थामा मांगलिक दोष भंग हुन्छ भन्ने ज्योतिष शास्त्रको मान्यता छ ।

त्यसैले कुण्डलीमा त मांगलिक योग परेको छ भनेर मंगल ग्रहको मात्र विचार गरेर चिन्ता लिनुपर्ने देखिँदैन । यसका यस्ता विभिन्न प्रकारका योगहरूले ती दोषहरूलाई भंग गरिरहेका हुन्छन् । त्यसैले मांगलिक योग छ भनेर चिन्ता गर्नु भन्दा पनि योग्य ज्योतिषीसंग कुण्डलीको विचार गर्नु नै राम्रो हुन्छ । यदि मांगलिक दोष भंग भएको छैन भने पनि यसको समाधानको लागि पुरुषहरूको अर्क विवाह र महिलाहरूको कुम्भ विवाहको विधानले मांगलिक शान्ति गर्न सकिन्छ भन्ने धर्मशास्त्र र ज्योतिष शास्त्रको मान्यता छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।