April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

नेतृत्वलाई जोडेर विभाजनको प्रयत्नले उदासिनता निम्त्यायो : शंकर पोखरेल

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:0७
नेतृत्वलाई जोडेर विभाजनको प्रयत्नले उदासिनता निम्त्यायो : शंकर पोखरेल
  • अधिवेशनमा नेताहरूलाई समूहगत रुपमा जोडेर आन्तरिक विभाजन
  • विगतमा नेतृत्व निर्माणमा सहमतिमै जोड दियौं
  • त्यतिबेला पार्टीमाथि चौतर्फी हमला र आक्रमण गरियो 
  • अहिले पार्टीमाथिको चुनौतीलाई सामना गर्न सफल

काठमाडौं ।।

नेकपा एमालेका महासचिव शंकर पोखरलले पार्टीको प्रदेश अधिवेशनमा नेताहरूलाई समूहगत रुपमा जोडेर आन्तरिक विभाजनको प्रयास भइरहेको बताएका छन् । शुक्रबार उपत्यका विशेषको अधिवेशनमा उनले विगतमा पार्टीमाथि चौतर्फी हमला भएकाले सहमतिमै जोड दिइएको बताए । “विगतमा नेतृत्व निर्माणमा सहमतिमै जोड दियौं । त्यतिबेला पार्टीमाथि चौतर्फी हमला र आक्रमण भइरहेको थियो,” पोखरेलले भने, “पार्टीलाई विभाजित गर्ने काम भएको थियो । त्यतिबेला हामीले सहमतिमै जोड दिएका थियौं ।”

अहिले पार्टीमाथिको चुनौतीलाई सामना गर्न सफल भएको बताए । तर, आन्तरिक लोकतन्त्र अबलम्बन गर्दा नेताहरूलाई जोडेर विभाजनको खेल भइरहेको दाबी गरे । “पार्टी बाहिरबाट पार्टीलाई समूहगत विभाजित गर्ने, दुरुपयोगको प्रयत्न भइरहेका छन् । कार्यकर्ता नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने हो,” उनले भने, “सामाजिक सञ्जालमा आमसञ्चार माध्यममा नेताहरुलाई जोडेर विभाजनको आधार तयार गर्ने खेल भइरहेका छन् ।”

उनले एकपटकको प्रतिस्पर्धा सँधैंको प्रतिस्पर्धा जस्तो गरी लिन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले त्यो कमजोरीबाट आफूलाई जोगाउनुपर्ने बताए । उनले अधिवेशनमा प्रतिनिधिहरूको भूमिकामाथि प्रश्न पनि उठाए । “हरेक आकांक्षीले प्रतिनिधिका बीचमा जाँदा सबैले हुन्छ भन्दिने । हरेकले चुनाव जित्छु भनेर लड्नै पर्ने,” उनले भने, “ धेरै मिहिनेत गर्नुभएको छ । अहिले तपाईंभन्दा फलानो कमरेडको आवश्यकता छ भनेर प्रतिनिधिले नभन्ने प्रवृत्ति बाधक छन् ।” नेतृत्वलाई जोडेर विभाजनको प्रयत्नमा प्रतिनिधिको उदासिनताले पनि काम गरेको उनको दाबी छ । उनले उपत्यका विशेषको अधिवेशन सर्वसम्मत नभए चुनावमा प्यानल नबनाउन निर्देशन दिए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १६:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।