April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

पहिरोको कारण २४ घन्टादेखि थुनिएको खोला बग्न थाल्यो 

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १३:४१
पहिरोको कारण २४ घन्टादेखि थुनिएको खोला बग्न थाल्यो 
  • कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थाल्यो 
  • खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनियो 
  • पानी बग्न थालेकाले तत्काललाई ठूलो क्षति हुनबाट जोगायो 

काठमाडौं ।।

करिब २४ घन्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थालेको छ । लामो समयदेखि थुनिएको खोलाको पानीले गर्दा मोदी खोलाको बहाव बढेको स्थानीयले बताएका छन् । खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनिएको थियो । अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले तत्काललाई ठूलो क्षति हुनबाट जोगिएको जानकारी दिए ।

‘म आफैं किम्रोङको थुनिएको ठाउँ पुगेर आएँ । ठूलै ताल बनेको छ । त्यो एकैचोटि खुलेको भए तलका बस्तीलाई ठूलै क्षति पुर्‍याउँथ्यो,’ अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भने, ‘तर अहिले विस्तारैविस्तारै आफैं खुल्दै गएको छ ।’ लामो समय रोकिएको खोलामा पानी बग्न थालेपछि किम्रोङ मिसएको मोदी खोलामा बहाव बढेको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘मोदी खोलामा बहाव त बढेको छ । तर, किम्रोङबाट विस्तारै पानी खुल्ने क्रममा रहेकाले त्यस्तो ठूलो असर नगर्ला !’ उनले भने ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।