May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

प्रधानमन्त्री प्रचण्डले नेपालीको अवस्थाबारे इजरायली प्रधानमन्त्रीसंग सिधै कुरा गर्नुपर्छ : पदम गिरी

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १५:५३
प्रधानमन्त्री प्रचण्डले नेपालीको अवस्थाबारे इजरायली प्रधानमन्त्रीसंग सिधै कुरा गर्नुपर्छ  : पदम गिरी
  • नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहल गर्दै 
  • समकक्षीसँग टेलिफोन संवाद गरी नेपालीको जीवन रक्षाका लागि पहल लिनुपर्ने माग
  • संसदमा मन्त्रीले त्यहाँको घटनाको विवरण दिएर मात्रै पुग्दैन 
  • यहाँको प्रधानमन्त्रीले समकक्षीसँग सिधै कुरा गर्नुपर्छ

काठमाडौं ।।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुक्ताका साथ पहल लिनुपर्ने माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सचेतक गिरीले सरकारले एउटा विज्ञप्ति मात्रै जारी गरेर नपुग्ने भन्दै प्रधानमन्त्री स्वयंले समकक्षीसँग टेलिफोन संवाद गरी नेपालीको जीवन रक्षाका लागि पहल लिनुपर्ने माग गरेका हुन् ।

‘सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन । संसदमा मन्त्रीले त्यहाँको घटनाको विवरण दिएर मात्रै पुग्दैन । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्री बेन्जामित न्यतान्याहुलाई फोन गरेर संवाद गर्नुपर्छ’, प्रमुख सचेतक गिरीले भने, ‘हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवन रक्षा गर्नुपर्‍यो । उनीहरूको उद्धार गर्नुपर्‍यो । उपचारको काम तुरुन्त हुनुपर्‍यो । यहाँको प्रधानमन्त्रीले समकक्षीसँग सिधासिधी कुरा गर्नुपर्छ ।’

उनले संयुक्त राष्ट्रसंघको जारी महासभामा नेपाली प्रतिनिधिले नेपाली नागरिकका बारेमा सघन ढंगले विषय उठाएर यूएनको ध्यानाकर्षण गर्नुपर्ने पनि बताए । रोजगारीको शिलशिलामा हजारौँ र अध्ययन गर्न सयौँको संख्यामा नेपालीहरू इजरायल पुगेका भन्दै उनले उनीहरूले आफ्नो जीवन रक्षाका लागि गरेको अपिलमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।

‘हिँजो मात्रै दक्षिणी इजरायलमा हमासको आक्रमण पछाडि त्यहाँको वातावरण अत्यन्तै भयावह भएको खबर सञ्चार माध्यममा आएको छ’, उनले भने, ‘त्यो घटनामा नेपाली पनि परेको, केही गम्भिर घाइते भएको, केही अहिलेसम्म हराइरहेको र केही अत्यन्तै कष्टपुर्ण स्थितिमा घर, नसिङहोम, काम गर्ने कारखानाभित्र लुकेर बस्नु परेको र छिटोभन्दा छिटो आफ्नो जीवन रक्षा गरिदिनका लागि अपिल गरिरहेका छन् ।’

‘आज त्यहाँ यति ठूलो विपत्ति आइलागेको अवस्था छ कि एक मिनेट पनि उद्धार र उहाँको जीवन रक्षाका निम्ति हामीले ढिलाइ गर्ने अवस्था छैन’, उनले भने, ‘यो मुलुकमा सरकार छ, राज्य छ । ती नागरिकको अभिभावक यो राज्य र सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्छ ।’ परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने जानकारी सदनलाई दिएका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट