May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

९२ दिनमै १४ हिमाल चढेका तेन्जेनको हिमपहिरोमा मृत्यु

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० 0९:४८
९२ दिनमै १४ हिमाल चढेका तेन्जेनको हिमपहिरोमा मृत्यु

चीनको सिसापाङ्‍मा हिमालमा गएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी आरोही तेन्जेन लामाको मृत्यु भएको छ। हिमपहिरोमा बेपत्ता भएका शेर्पाको मृत्यु भएको पुष्टि सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्‍मा शेर्पाले गरेका छन्।

तेन्जेन शनिबारदेखि तिब्बतमा पर्ने सिसापाङ्‍मा हिमालमा बेपत्ता थिए। ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको पनि मृत्यु भएको छ।

तेन्जेन विश्व कीर्तिमानी आरोही हुन्। उनले हालैमात्र ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल ९२ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।

नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलासँगै बनाएको यो रेकर्ड यसअघि निर्मल पुर्जा उर्फ ‘निम्स दाइ’ को नाममा थियो। पुर्जाले ६ महिना ६ दिन लगाएर बनाएको उक्त रेकर्ड तेन्जेनले आधा समयमै भंग गरिदिएका थिए।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० 0९:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।