sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आशिषको सपना इजरायलमै चकनाचुर

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १३:३७
आशिषको सपना इजरायलमै चकनाचुर
  • इजरायल घटना 
  • २५ वर्षीय आशिष
  • अब उनी रहेनन्
  • आक्रमणमा परी १० नेपालीको मृत्यु

धनगढी ।।

२५ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिष चौधरीले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला ।’ २५ वर्षीय आशिष सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एगि्रकल्चरको अध्ययन सकेर इजरायल जाँदै थिए । कैलालीको जोशीपुर गाउँपालिका-५ का ७० वर्षीय कन्हैयालाल चौधरीलाई नाती आशिषले इजरायल उड्नुअघि भएको फोन सम्वाद अझै पनि याद छ । आशिष भने अब उनीसँग रहेनन् ।

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । मारिनेमा आशिष पनि छन् । यो खबरलले परिवार विक्षिप्त छ । कन्हैयालाल सानैदेखि आफ्नै काखमा हुर्काएका नातीको मृत्युको खबरले छिनछिनमा भावविह्वल हुन्छन् । आफूलाई सम्हाल्ने प्रयास गर्छन्, तर सक्दैनन् ।

आशिष उनको कान्छी छोरीको छोरा हुन् । छोरी-ज्वाइँ भारतको बैंङ्लोरमा बस्दै आएका छन् । आशिषको पालनपोषण बाजे कन्हैयालालले गरेका थिए । उनका दुई छोरी र एक छोरा छन् । तर छोरा २०५४ सालमा प्यारालाइसिस भएर छोरा अपाङ्ग छन् । उनको हेरचाह पनि कन्हैयालाल  आफैंले  गर्नुपरेको छ । नाती आशिष उनको साहारा थियो ।

‘आफ्नै काखमा खेलाए, हुर्काए, पढाए तर आज पापी दैवले चुडेर लग्यो । अब म कसको सहारामा बाचौं ?’ नाती सम्झिदै कन्हैयालाल भक्कानिए, ‘यो पापी संसारमा कसरी बाँचु ?’ आशिष ११ महिनापछि इजरायलबाट फर्किने बाचा गरेर गएका थिए । शनिबार इजरायलमा हमासले आक्रमण गरेको सुनेदेखि नै नातीको अवस्थाबारे चासो लिएका उनले अरुबाटै मृत्युको खबर थाहा पाए ।

आशिष अब कहिल्यै नफर्किने भएका छन् । छोराको मृत्युको खबरले विक्षिप्त बनेका कन्हैयालालका छोरी-ज्वाइँ बैंङ्लोरबाट कैलाली फर्किरहेका छन् । कन्हैयालाल नातीको सास नभए पनि अन्तिम पटक लास हेर्न चाहन्छन् । इजरायलमा रहेको नातीको लास ल्याउने प्रबन्ध मिलाइदिन उनले सरकारसँग आग्रह गरेका छन् ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid