May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

आशिषको सपना इजरायलमै चकनाचुर

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १३:३७
आशिषको सपना इजरायलमै चकनाचुर
  • इजरायल घटना 
  • २५ वर्षीय आशिष
  • अब उनी रहेनन्
  • आक्रमणमा परी १० नेपालीको मृत्यु

धनगढी ।।

२५ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायल उड्नुअघि आशिष चौधरीले फोन गरेर भनेका थिए, ‘बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला ।’ २५ वर्षीय आशिष सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बिएस्सी एगि्रकल्चरको अध्ययन सकेर इजरायल जाँदै थिए । कैलालीको जोशीपुर गाउँपालिका-५ का ७० वर्षीय कन्हैयालाल चौधरीलाई नाती आशिषले इजरायल उड्नुअघि भएको फोन सम्वाद अझै पनि याद छ । आशिष भने अब उनीसँग रहेनन् ।

प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । मारिनेमा आशिष पनि छन् । यो खबरलले परिवार विक्षिप्त छ । कन्हैयालाल सानैदेखि आफ्नै काखमा हुर्काएका नातीको मृत्युको खबरले छिनछिनमा भावविह्वल हुन्छन् । आफूलाई सम्हाल्ने प्रयास गर्छन्, तर सक्दैनन् ।

आशिष उनको कान्छी छोरीको छोरा हुन् । छोरी-ज्वाइँ भारतको बैंङ्लोरमा बस्दै आएका छन् । आशिषको पालनपोषण बाजे कन्हैयालालले गरेका थिए । उनका दुई छोरी र एक छोरा छन् । तर छोरा २०५४ सालमा प्यारालाइसिस भएर छोरा अपाङ्ग छन् । उनको हेरचाह पनि कन्हैयालाल  आफैंले  गर्नुपरेको छ । नाती आशिष उनको साहारा थियो ।

‘आफ्नै काखमा खेलाए, हुर्काए, पढाए तर आज पापी दैवले चुडेर लग्यो । अब म कसको सहारामा बाचौं ?’ नाती सम्झिदै कन्हैयालाल भक्कानिए, ‘यो पापी संसारमा कसरी बाँचु ?’ आशिष ११ महिनापछि इजरायलबाट फर्किने बाचा गरेर गएका थिए । शनिबार इजरायलमा हमासले आक्रमण गरेको सुनेदेखि नै नातीको अवस्थाबारे चासो लिएका उनले अरुबाटै मृत्युको खबर थाहा पाए ।

आशिष अब कहिल्यै नफर्किने भएका छन् । छोराको मृत्युको खबरले विक्षिप्त बनेका कन्हैयालालका छोरी-ज्वाइँ बैंङ्लोरबाट कैलाली फर्किरहेका छन् । कन्हैयालाल नातीको सास नभए पनि अन्तिम पटक लास हेर्न चाहन्छन् । इजरायलमा रहेको नातीको लास ल्याउने प्रबन्ध मिलाइदिन उनले सरकारसँग आग्रह गरेका छन् ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट