काठमाडौं– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १७७ चिकित्सकले एकैपल्ट सामूहिक बिदा मागेका छन्। बिदा माग्नेमा सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरलगायत छन्। चिकित्सकले इमेलमार्फत प्रतिष्ठानका विभागीय प्रमुख र प्रशासनमा बिदाको निवेदन दिएका हुन्।
नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकको करिब ७ वर्षदेखि रोकिएको बढुवा प्रक्रियाबारे प्रतिष्ठानका पदाधिकारीले माग सम्बोधन नगरेकाले स्वास्थ्यमन्त्री र प्रधानमन्त्री भेटेर ज्ञापनपत्र बुझाउन सामूहिक बिदा मागेका हुन्।