July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

इजरायलमा जहाज पठाउने तयारी गर्दै पर्यटन मन्त्रालय

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १४:११
इजरायलमा जहाज पठाउने तयारी गर्दै पर्यटन मन्त्रालय
  •  नेपाली नागरिकको शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा
  • इजरायली पक्षसँग समन्वय गर्ने निर्णय 
  • आक्रमणमा परी १० जना नेपालीको मृत्यु

काठमाडौं ।।

परराष्ट्र मन्त्रालयले प्यालेस्टाइन–इजरायल युद्धका क्रममा मारिएका नेपाली नागरिकको शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने र त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । सोमबार भएको उक्त निर्णयअनुसार पर्यटन मन्त्रालय इजरायलमा जहाज पठाउनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । ‘युद्धग्रस्त क्षेत्रमा हामीले चाहेर मात्र जहाज लैजान सम्भव हुँदैन, त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्नुपर्छ,’ उनले भने, ‘समन्वय गरेर लैजान सम्भव भएको अवस्थामा हामी तयारी अवस्थामा रहन्छौं ।’

यसका लागि नेपाल एयरलाइन्सदेखि हिमालय एयरलाइन्स जसको जहाज सम्भव हुन्छ, सोही कम्पनीको जहाज लगेर भएपनि नेपालीहरुको उद्धारमा खटिने उनले बताए । गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

नेपाल एयरलाइन्सले अघिल्लो साता मात्र आफ्नो वाइडबडी जहाज ए ३३० मर्मतका लागि बेन गुरियन एयरपोर्टमा अवतरण गराएको थियो । यो इजरायलको राजधानीमा रहेको विमानस्थल हो । सो जहाजको उडान समय एकतर्फी औसत ७ घण्टा रहेको छ । सोहीकारण यो विमानस्थलमा नेपालबाट न्यारोबडी जहाजले भने सिधा उडान गर्न सम्भव छैन । सानो जहाज पठाउँदा अर्को कुनै विमानस्थलमा ट्रान्जिट गर्नुपर्छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्