July 11, 2025 | शुक्रबार, असार २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायल र नेपाल सरकारबीच ऐक्यवद्धता

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १२:४१
इजरायल र नेपाल सरकारबीच ऐक्यवद्धता
  • इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गर्यो 
  • परराष्ट्रले २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गर्यो 
  • ३२ जना नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरियो 
  • शवहरु नेपाल ल्याउन पहल हुँदै 

काठमाडौं ।।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गरेको जानकारी दिएका छन् । मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई इजरायलमा भएको हमास समूहको आक्रमण र त्यसबाट नेपालीहरु प्रभावित भएको विषयमा जानकारी गराएका छन् । त्यसक्रममा उनले भनेका छन्, ‘परराष्ट्र मन्त्रालयले इजरायलमा घटना घटेकै दिन असोज २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गरिरहेको छ । यस घटनाको निन्दा गर्नुका साथै इजरायल सरकारप्रति ऐक्यवद्धता व्यक्त गरिएको छ ।’

साथै, परराष्ट्र मन्त्री साउदले इजरायलमा बंकरभित्र रहेका ३२ जना नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको र स्वदेश ल्याउने तयारी भइरहेको बताएका छन् । हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । शवहरु नेपाल ल्याउन पहल भइरहेको पनि उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट