sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इन्द्रचोकमा अवस्थित आकाश भैरवको मन्दिरका लस्सी पसलहरु हटाइए

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० 0९:३६
इन्द्रचोकमा अवस्थित आकाश भैरवको मन्दिरका लस्सी पसलहरु हटाइए

काठमाडौं । इन्द्रचोकमा अवस्थित आकाश भैरवको मन्दिर मुनि रहेको पसलहरु हटाइएको छ। गत बिहीबार झन्डै १७ वर्षअघिदेखि सञ्चालन भइरहेको पसलहरू बन्द गरिएको आकाश भैरव सञ्चालन समितिका सचिव श्याम महर्जनले जानकारी दिए। ‘असोज १५ गते हटाउने सम्झौता भए पनि पसलेहरूले १८ गतेदेखि पूर्ण खाली गराइदिनुभएको थियो,’ उनले भने।

‘आकाशका देवता’ मानिने इन्द्रचोकको बीचमा रहेको आकाश भैरवको मुर्ति र मन्दिर सबैभन्दा प्रसिद्ध मन्दिरको रुपमा लिइन्छ । आकाश भैरवमुनि चार वटा लस्सी पसल सञ्चालनमा थिए । चार वटै लस्सि पसल हटाएर हाल जुत्ता र माेबाइल पसल सञ्चालनमा ल्याइएकाे छ।

मन्दिर सञ्चालन समितिले बार्षिक १८ हजार भाडा लिने गरिएको बताउने गरे पनि पसल संचालकहरुसंग बुझ्दा मासिक २५ देखि ८० हजार सम्म भाडा लिने गरेको खुलेको छ । मन्दिर द्वारा संचालित पसलहरु दर्ता भए नभएका बिषयमा समेत समितिका पदाधिकारीहरु अनभिज्ञ रहेको बताउछन ।

मन्दिर मुनि जुत्ता पसल

प्रसिद्ध आकाश भैरवको मन्दिर मुनि धार्मिक सर सामग्रीकै व्यापार व्यवसाय गरिनु पर्ने स्थानीयको माग हुदा हुदै पनि आकाश भैरव सञ्चालन समितिका पदाधिकारीहरुले मनोमानी ढंगमा जुत्ता चप्पल लगायतका पसल राख्न दिएकोमा स्थानीय रुष्ठ छन् ।

दर्ता बिनाको मोबाइल पसल

आकाश भैरव सञ्चालन समितिले नै भाडामा लगाएको मोबाइल पसल दर्ता नै नगरी संचालन गरिरहेको पुष्टि भएको छ । विगत ४ बर्ष देखि आकाश भैरवको मन्दिरमा संचालित मोबाइल पसल प्यान, भ्याट कतै पनि दर्ता नभई संचालन गरिरहेको तथा मन्दिर सञ्चालन समितिलाइ मासिक ८० हजार तिर्दै आइरहेको स्रोतले बताएको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० 0९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid