July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मधेश प्रदेशमा एमालेको अधिवेशन आजबाट

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १0:१२
मधेश प्रदेशमा एमालेको अधिवेशन आजबाट
  • प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदै
  • ओलीसहित शीर्ष नेताहरुले कार्यक्रम उद्घाटन गर्ने 
  • आवासलगायतको व्यवस्थापनसहित सम्पूर्ण तयारी

 जनकपुरधाम ।।

नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा हुन हुने अधिवेशनको आज एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।अधिवेशनको लागि मञ्च, पण्डाल, आवाश तथा अतिथिको लागि आवासलगायतको व्यवस्थापनसहित सम्पूर्ण तयारी पूरा भएको बताए ।अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली सहितको शीर्ष नेता १० बजे जनपुर आउने एमालेका युवा नेता शंकर महतोले जानकारी दिए ।अधिवेशनबाट २३५ सदस्य प्रदेश कमिटी चयन हुने एमालेले जनाएको छ । जसको लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

सकेसम्म सहमति प्रक्रियाबाटै समिति चयन गर्ने प्रयासमा रहेको मधेश प्रदेश इन्चार्ज समेत रहेका एमालेका सचिव योगेश भट्टराईले बताए । सहमतीय प्रक्रियाबाट नभए लोकतान्त्रिक प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने उनको भनाइ छ ।अधिवेशन सम्पन्न गराउन १०५ जना स्वयंसेवक परिचालन गरिएको छ । नेता कार्यकर्ता व्यवस्थापनका लागि प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।एमालेको मधेश प्रदेश अध्यक्षका लागि धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, सिहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्व जिल्ला सचिव लक्ष्मीनारायण यादव लगायत आकंक्षी देखिएका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १0:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्