May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सशस्त्र र नेपाल प्रहरीका दुई महानिरीक्षक अमेरिका प्रस्थान

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० ११:१३
सशस्त्र र नेपाल प्रहरीका दुई महानिरीक्षक अमेरिका प्रस्थान
  • महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान 
  • प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनको लागि प्रस्थान 
  • असोज २२ देखि २६ गतेसम्म आयोजना हुने

काठमाडौं ।।

सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीसमेत त्यसतर्फ प्रस्थान गरेका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हालेका छन् ।

यस्तै, निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन मङ्गलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । उक्त टोलीमा उनका साथमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहेका छन् ।

सम्मेलनमा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय-प्रहरी साझेदारी अवधारणाअनुरूप मानव बेचबिखनका पीडितको सशक्तीकरण र विश्वास अभिवृद्धिलगायत विविध विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

यसअघि, यही असोज २० गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतसहित चार सदस्यीय टोली संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको थियो । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन उनीहरू गएका हुन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।