November 29, 2023 | बुधबार, मंसिर १३, २०८०
सुचनाहरु
युएई जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति मुख्यमन्त्रीद्वारा फेवातालको मापदण्डका लागि समिति गठन किओच दमक बाल अस्पतालमा निरन्तर सेवा विस्तार, ६ बेडको एनआइसियु कक्ष सुचारु माता पाथीभराको दर्शन गर्दै हेर्नुहोस वि.सं. २०८० मंसिर १४ गते बिहिबारकाे राशिफल पर्यटकको आँखामा बस्न सफल बेलुढुङ्गा आर्थिक चुनौतीलाई देखाउँदै आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनायो रास्वपाको राजनीतिक दस्तावेज पारित सुनको मूल्य निरन्तर उकालो विद्यार्थीको आम्दानीको भरपर्दो स्रोत बन्दै शेयर बजार भाटभटेनी सुपरमार्केटको कर्पोरेट टावर शुभारम्भ सिरहामा श्रीमान र ससुराद्वारा २ महिलाको हत्या परराष्ट्रमन्त्री विपिन जोशीको लागि कतार जाँदै कोशीको बजेटबाट खर्च कटाउन एमाले र राप्रपाद्वारा प्रस्ताव दर्ता टिकटक पुरै बन्द भएको न भएको बारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दूरसञ्चार प्राधिकरणको निर्देशन कैलालीमा कुटाकुट गरेर १ को ज्यान गयो ७ जना पक्राउ यि कुरा घरमै सिकाइयो भने बच्चाले पनि गर्न सक्छ नेतृत्व सर्वोत्तमको आईपीओको लागि १८ हजार ४५ रुपैयाँ चाहिने सुनको भाउको नयाँ रेकर्ड सिस्टममा पावर नपुगेपछि रोकिन पुग्यो सेयर कारोबार

एमालेले आज समानुपातिक सांसद्काे टुङ्गाे लगाउने

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ 0९:0३
एमालेले आज समानुपातिक सांसद्काे टुङ्गाे लगाउने

काठमाडौँ – नेकपा एमालेले शनिबार समानुपातिक सांसद्काे टुङ्गाे लगाउने भएकाे छ।

आज बिहान ११ बजे पार्टीकाे केन्द्रीय कार्यालयमा बस्ने बैठकले मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत समानुपातिक तर्फका सांसद चयन गर्ने तयारी रहेकाे नेता विष्णु रिजालले जानकारी दिए।

बैठक हिजाे शुक्रबारका लागि बाेलाइएकाे थियाे। तर,तयारी नपुगेको भन्दै स्थगित गरी शनिबारका लागि सारिएकाे थियो।

एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ।

त्यस्तै, प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ सिट पाएको छ।

कुल सदर मतमध्ये एमालेले ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरेको छ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २४, २०७९ 0९:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।