काठमाडौं ।।
भेप सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । राहुलसहित चारजनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । सीआईबीले भेपमार्फत भएको सुन तस्करी प्रकरणमा राहुल महरासहित लोकेन्द्र पौडेल र ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको थियो । राहुल १३ भदौदेखि सीआईबीको नियन्त्रणमा छन् । १० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो ।