May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

जनकपुर विमानस्थलमा नेता कार्यकर्ताले नै नियम पालना गरेनन्

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १५:0९
जनकपुर विमानस्थलमा नेता कार्यकर्ताले नै नियम पालना गरेनन्
  • विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश
  • ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु धावनमार्गमै पुगे
  • नेता कार्यकर्ताले नियम मिच्ने गरेको उनले गुनासो

जनकपुरधाम ।।

जनकपुरधाम विमानस्थलका प्रमुख भीम दत्त पन्तले विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै सुरक्षा निकायलाई पत्र लेख्न लागेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु धावनमार्गमै पुगेका थिए । यति एयर चढेर जनकपुरधाम पुगेका ओलीलाई स्वागत गर्न उनीहरु विमानको ढोकासम्मै पुगेका थिए । अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम भए पनि नेता कार्यकर्ताले नियम मिच्ने गरेको उनले गुनासो गरे ।

यो घटनाले हवाई सुरक्षाको उल्लंघन भएको भन्दै सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्न लागेको विमानस्थल प्रमुख पन्तले बताए । ‘धावन मार्गमै पुगेर राजनीतिक दलका नेता कार्यकर्ताले स्वागत गर्ने प्रवृति छ । आज प्रहरी र कर्मचारीले रोक्दा रोक्दै धावनमार्गमा कार्यकर्ता पुगे । हवाई सुरक्षा उल्लंघन गरेकाले सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्न लागेका छौं,’ उनले भने । यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित कुरा गरेको प्रमुख पन्तको भनाइ छ ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।