May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१५ घण्टा मै नेपाल एयरलाइन्स इजरायल पुगेर फर्किने

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १५:५३
१५ घण्टा मै नेपाल एयरलाइन्स इजरायल पुगेर फर्किने
  • इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति उड्ने
  • वाइडबडी ए ३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुने
  • ३ घण्टा ३० मिनेटको उडानपछि इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गर्ने

काठमाडौं ।।

इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति उड्ने वाइडबडी ए ३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुनेछ । नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिका अनुसार यो जहाज स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छ । जहाज ४ घण्टा ४० मिनेटको उडानपछि स्थानीय समय अनुसार ५ बजेट २५ मिनेट जाँदा दुबईस्थित विमानस्थलमा अवतरण गर्नेछ ।

दुबईबाट स्थानीय समय अनुसार ६ बजेर ४० मिनेटमा उड्ने यो जहाज ३ घण्टा ३० मिनेटको उडानपछि इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गर्नेछ । यहाँबाट स्थानीय समय अनुसार ११ बजेट १० मिनेटमा उड्ने सो जहाज ३ घण्टा ५ मिनेटको उडानपछि पुनः दुबई आइपुग्ने छ । दुबईबाट स्थानीय समय अनुसार ४ बजेर ३० मिनेटमा उड्ने यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने स्थानीय समय अनुसार राति १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

दुबईसम्म सेड्यूल फ्लाइट

नेपाल एयरलाइन्सको बुधबार राति ११ बजेर ३० मिनेटका लागि नियमित उडान रहेको छ । यो उडानलाई केही पछाडि धकेलेर दुबई जाने यात्रुलाई सँगै लिएर जहाज उड्ने छ । ती यात्रुलाई झारेर इजरायल जाने नेवानिको जहाजले उताबाट भने रेस्क्यू उडानका रुपमा उडान गर्नेछ । सो जहाजले नेपालीहरुलाई लिएर काठमाडौं आउने छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले उडानका लागि आवश्यक अनुमति लिने काम यतिबेला तदारुकताका साथ भइरहेको जानकारी दिए ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट