May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

ईपीएसको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १४:१२
ईपीएसको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) को सिप बिल्डिङमा आवेदन दिएकाले उत्पादनमूलक क्षेत्रमा दिन नपाउने भएका छन् । ईपीएस कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको छ । तर, त्यसमा यसअघि सिप बिल्डिङमा आवेदन भरेको तथा परीक्षा दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भएका हुन् ।

ईपीएस शाखा कार्यालयले यसअघि सिप बिल्डिङका लागि आवेदन माग गरेको थियो । जसमा ४ हजार ९८ जना पास भएका थिए । सिप बिल्डिङको लागि ३५ हजार ४७८ जनाले आवेदन दिएका थिए । अब उनीहरू उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन पाउने शाखा कार्यालयले जनाएको छ ।

शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले सिप बिल्डिङमा आवेदन दिई उत्तीर्ण नभएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने बताए । एचआरडी कोरियाले एक वर्षमा एक क्षेत्रबाहेक अन्य क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था गरेकाले उनीहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने बताए । सिप बिल्डिङमा आवेदन दिई अनुत्तीर्ण भएकाहरूले यसमा फाराम भर्न पाउनुपर्ने माग राख्दै ध्यानाकर्षण गराएका छन् । उनीहरूले शाखा कार्यालय र एचआरडी कोरियाको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले शाखा कार्यालय प्रमुखलाई आवेदन दिन पाउनुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । त्यस्तै एचआरडी कोरियालाई समेत मेल मार्फत ध्यानाकर्षण पत्र पठाएका छन् । ध्यानाकर्षण पत्रमा ३० हजार बढी अनुत्तीर्ण परीक्षार्थीलाई अन्याय भएको भन्दै आवेदन खुला गर्न माग गरेका हुन् । माग पूरा नभए मंसिर २५ गतेदेखि ३० हजार बढी परीक्षार्थीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।