sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कसरी गर्ने गर्भवती पत्नीको हेरचाह, पार्टनरले जान्नैपर्ने ९ कुरा

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:५८
कसरी गर्ने गर्भवती पत्नीको हेरचाह, पार्टनरले जान्नैपर्ने ९ कुरा

जब गर्भमा बच्चा रहन्छ, तब गर्भवती शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनुपर्छ । यसले गर्भको बच्चामा सोझो प्रभाव पार्छ । यदि आफ्नो बच्चाको मानसिक र शारीरिक विकास समुचित ढंगले होस् भन्ने चाहनुहुन्छ भने, गर्भवतीको ख्याल राख्नैपर्छ । गर्भवतीलाई प्रफुल्ल तुल्याउनुपर्छ । उनीहरु सकारात्मक, खुसी, सुखी भए गर्भको बच्चामा त्यसको प्रभाव पर्छ ।

यद्यपी गर्भवती आफुले मात्र चाहेर सबै कुराको ख्याल राख्न सक्दैनन् । त्यसका लागि सबैभन्दा ठूलो सहयोगीको रुपमा पतिले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । पतिले त्यस्ता कुनैपनि काम गर्नु हुँदैन, जसले गर्भवती पत्नीमा चिन्ता थप्छ ।

१. सहायक बन्नुहोस्

गर्भावस्थामा महिलामा हुने समस्या, कमजोरी आदिलाई पतिले पनि अनुभूत गर्न सक्नुपर्छ । गर्भवती पत्नी के कस्ता चुनौतीसँग जुधिरहेका छन् भन्ने कुरा मनन गरेर त्यही अनुसार सहयोगी व्यवहार गर्नुपर्छ । पत्नीको आत्माविश्वास बढाउने, खुसी राख्ने कुरामा पतिले भूमिका खेल्नुपर्छ । गाह्रो हुने घरायसी काममा पनि पत्नीलाई सघाउनुपर्छ । त्यस्ता कुनैपनि काम गर्न दिनुहुन्न, जो पत्नीले गर्न चाहदैनन् वा सक्दैनन् ।

२. बद्लिदो दिनचर्यालाई बुझौं

गर्भधारणपछि महिलाको काम गर्ने क्षमता कम हुन्छ, जो बच्चालाई जन्म दिइसकेको केहि दिनसम्म कायम रहन्छ । यस स्थितीमा घरको रुटिन नियमित नहुन सक्छ । पत्नीको अभावमा हुने कतिपय काममा पति अग्रसर हुनुपर्छ ।

३. सजगता अपनाउने

गर्भवती पत्नीलाई चिकित्सकहाँ पुर्‍याउने, सहि खानपान दिने, सहज पहिरन छनौट गरिदिने जस्ता कुरामा पतिले ख्याल राख्नैपर्छ । यसबेला तपाईले पत्नीको सामुन्ने राम्रो कुरा मात्र गर्नुहोस् । उसलाई राम्रो कुरा मात्र सुनाउनुहोस् । राम्रो काम मात्र देखाउनुहोस् । पत्नीको आसपास रहनुहोस्, ताकि उनले आफुलाई एक्लो र असुरक्षित महसुष नगरोस् । योग गराउनुहोस्, मर्निङ वाकमा लिएर जानुहोस् ।

५. सुन्दर हुनुको महसुष गराउनुहोस्

गर्भधारणपछि खानपानको कारण अक्सर पत्नी मोटी हुन्छन् । शरीर भद्दा देखिन्छ । यस्तो कुराले कति पत्नीलाई चिन्ता पनि हुन्छ । खासगरी सौन्दर्यप्रति सचेत महिलाहरु गर्भावस्था र त्यसपछि हुने शारीरिक परिवर्तनलाई स्विकार्न रुचाउँदैनन् । यद्यपी त्यस्ता कुराले उनीहरुलाई चिन्तित तुल्याउनु हुँदैन । नियमित व्यायाम र सन्तुलित दिनचर्याले आफ्नो शारीरिक बनौट पुरानै रुपमा फर्काउन सकिन्छ भन्ने कुरा बुझाउनु पर्छ ।

६. प्रसव पूर्व कक्षाको जरुरी
प्रसवको समयमा हुने के कस्ता अवस्था आउँछ भन्ने कुराको जानकारी पत्नीलाई हुनुपर्छ । कसरी प्रसवलाई सहज र कम पीडादायक बनाउने भन्ने कुरामा पनि पतीले आवश्यक जानकारी दिलाउनु पर्छ ।

७. समझदारीताका साथ काम गरौ

जब पत्नी गर्भवती हुन्छ भने घरमा कुनै पार्टी, भोज आदि नगरौ । यस्ता कामले उनीहरुलाई झर्को लाग्न सक्छ र बोझिलो पनि ।

८. अनावश्यक परिवर्तनप्रति चनाखो रहने

गर्भावस्थामा विभिन्न किसिमको परिवर्तन हुन्छन् । त्यसमध्ये केहि स्वभाविक हुन्छन्, भने केहि अस्वभाविक । पत्नीमा कुनै अस्वभाविक परिवर्तन आइरहेको छ भने त्यसप्रति चनाखो हुनैपर्छ, ताकि गर्भवती पत्नी र गर्भको बच्चालाई नराम्रो असर नपरोस् ।

९. घरलाई सजाउनुहोस्

जब पत्नी गर्भवती हुन्छे, घरको आन्तरिक सज्जामा पनि थोरै परिवर्तन गर्नुहोस् । घरलाई कुल र शान्त देखिने सजावट गर्नुहोस् । प्राकृतिक सुगन्धित फूलहरु सजाउनुहोस् । घरको पर्दा, बेड कभर सफा र आकर्षक राख्नुहोस् ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid