विराटनगर । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अगाडि सार्ने निर्णय गरे पनि केदार कार्कीको समूहले उक्त निर्णय अमान्य भएको बताएको छ । कार्कीले मुख्यमन्त्रीमा आफ्नो दाबी यथावत् भएको बताए ।
पूर्वआन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका कार्कीले अझै मुख्यमन्त्रीको दाबी नछाड्दा गठबन्धनमा समस्या देखिएको छ । कार्की शेखर पक्षका हुन् । उनीलगायत निकटका सांसद रणनीति बनाउन छलफलमा व्यस्त छन् । कार्की कांग्रेसका ९ देखि १२ जना सांसदको हस्ताक्षरसहित एमालेसँगको सम्पर्कमा रहेको स्रोतले बताएको छ ।
कार्कीनिकटका एक सांसदले पनि आफूहरूले दाबी नछाडेको बताए ।