April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो

अष्ट्रेलियाको सांगितिक कार्यक्रममा मातिएका सुगम दर्शकमाथि जाइलागेपछि…

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:५७
अष्ट्रेलियाको सांगितिक कार्यक्रममा मातिएका सुगम दर्शकमाथि जाइलागेपछि…

काठमाडौं । गायक सुगम पोखरेल फेरि एक पटक विवादमा तानिएका छन् । अष्ट्रेलियाको दक्षिणी सहर एडिलेडमा सांगितिक कार्यक्रमका लागि गएका पोखरेल रक्सिले मातेर दर्शकमाथि दुव्यर्वहार गरेपछि विवादमा तानिएका हुन् ।

अहिले उनको रक्सिले मातिएर दर्शकमाथि दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा पछिल्लो घटनालाई लिएर पोखरेलमाथि निकै नराम्रा टिप्पणीहरु पनि भइरहेका छन् ।

कतिपयले उनी निकै नराम्रो कुलतमा फसिकेको पनि टिप्पणी गरेका छन् । पोखरेलको व्यवहारले कलाकारहरुको प्रतिष्ठामाथि प्रश्न उठेको धेरैको टिप्पणी छ ।

सार्वजनिक भिडियोमा पोखरेल निकै मातिएको अवस्थामा देखिन्छन् । रक्सीले मातिएको कारण उनको बोलीसमेत प्रष्ट छैन । उनी स्टेजमा समेत लरबराईरहेको अवस्थामा देखिन्छन् ।

सार्वजनिक भिडियोमा देखिएअनुसार मातिएका पोखरेलले माइक र अन्य कुनै वस्तुले स्टेजबाटै दर्शकलाई हिर्काएका छन् । स्टेजबाट ओर्लिएर अभद्र व्यवहार गरिरहेको दृश्य भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

यता, पोखरेलले भने एडिलेडको सांगितिक कार्यक्रममा भएको घटना आफ्नो कारण नभएको दाबी गरेका छन् । उनले भूकम्पबाट मृत्यु हुनेको सम्झनामा मौन धारण गरौंभन्दा नमानेपछि सामान्य विवाद भएको प्रतिक्रिया दिएका छन् ।

“के हाम्रो नेपाली समाज यति संवेदनाहिन भएको हो र ? देशलाई दुखिरहेको छ, देशलाई दुख्दा मलाई दुख्छ, म नेपाली कलाकार हो, तपाईंहरुले गर्दाखेरि म भएको हुँ”, सामाजिक सञ्जालमार्फत घटनाबारे भिडियो सार्वजनिक गर्दै उनले भनेका छन्, “कार्यक्रममा मौन धारण गरौं भन्दा मानिएन, मैंले जे गरेँ त्यही कारण गरेँ ।”

उनले आफूलाई माया गर्नेप्रति क्षमा पनि मागेका छन् । “कसैको मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु, तर म जहिले पनि संगीतको सेवामा रहनेछु”, उनले भनेका छन् ।

तथापी, गायक पोखरेल यसअघि पनि रक्सीले मातिएको सन्दर्भबाट चर्चामा आउने गरेका थिए ।

https://www.facebook.com/reel/857556945829088

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।