May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

डाक्टर कुटपिट गर्ने ६ जना रिहा

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १३:३९
डाक्टर कुटपिट गर्ने ६ जना रिहा
  • चिकित्सकलाई कुटपिट गर्ने ६ जना धरौटीमा रिहा भए 
  • अदालतले माग गरेको धरौटी बुझाएर ६ जना बुधबार नै तारेखमा छुटे
  • घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परे 

मकवानपुर ।।

हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई दुई लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनील पाख्रिनलाई जनही दुई लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो ।

अदालतले माग गरेको धरौटी बुझाएर ६ जना बुधबार नै तारेखमा छुटेका जिल्ला अदालत मकवानपुरले जनाएको छ । हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका-१२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौँडा-१० बाट पक्राउ गरेको जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।