May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

खड्कालाई कोटेश्वर डोजाङको सम्मान

  • साझा परिवेश
  • शनिबार, अशोज २७, २०८० १९:0६
खड्कालाई कोटेश्वर डोजाङको सम्मान

काठमाडौँ, असोज २७ गते । कोटेश्वर डोजाङले शनिबार नेपाली तेक्वान्दोमा योगदान पुराएको कदर स्वरुप अशोक खड्कालाई सम्मान गरेको छ ।

ओलम्पिन विधान लामा र नेपालकी पहिलो महिला ब्लाक बेल्टधारी ब्रिगेडियर सुधासेन मल्लले खड्कालाई सम्मानित गर्नुभयो । थुप्रै अन्तर्राष्ट्रिय र्‍याङकिङ तेक्वान्दो च्याम्पियन्सीपमा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको नाम राखेको र प्रशिक्षकको रुपमा थुप्रै तेक्वान्दो खेलाडी उत्पादन गरेकाले खड्का सम्मानित हुनुभएको हो ।

गतवर्ष विश्व तेक्वान्दोमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका खड्काले हालसम्म दुई दर्जनभन्दा बढी अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गरिसक्नु भएको छ । बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपनजस्ता वल्र्ड र्‍याङकिङ प्रतियोगितामा सर्वश्रेष्ठ निर्णायक घोषित भइसकेका खड्का पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मीमध्ये एक हुनुहुन्छ ।

  • साझा परिवेश
  • शनिबार, अशोज २७, २०८० १९:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।