May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

सांसदको नेतृत्वमा बजेट निर्माण गर्ने

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १३:१९
सांसदको नेतृत्वमा बजेट निर्माण गर्ने
  • बजेट निर्माणको प्रक्रिया सुरु 
  • आर्थिक वर्षदेखि फागुन मसान्तभित्र बजेटका सिद्धान्त पेश गर्ने व्यवस्था गरिने
  • नीति कार्यक्रम र बजेटबीचको अवधि बढाउने प्रयास

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद्को नेतृत्वमा सम्बन्धित जिल्ला र क्षेत्रको बजेट निर्माणको प्रक्रिया सुरु गर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘बजेट निर्माण गर्ने कार्यमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा र समानुपातिक एवम् अन्य सांसद्समेतको सहभागितामा काम गर्ने प्रक्रिया आरम्भ गर्ने प्रस्ताव गर्छु,’ उनले भने ।

बजेट निर्माणमा जनप्रतिनिधिहरुको भूमिका बढाउन भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । बजेट निर्माण प्रक्रियामा सुधार ल्याउनकै लागि आगामी आर्थिक वर्षदेखि फागुन मसान्तभित्र बजेटका सिद्धान्त र प्राथमिकता फागुन मसान्तभित्रै संसद्मा पेश गर्ने व्यवस्था गरिने घोषणा बजेट वक्तव्यमै गरिएको छ । यसो गर्दा बजेटमा प्रनिनिधिहरुको सहभागिता बढ्ने उनको भनाइ छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेट घोषणा गर्ने र पारित गर्ने प्रणाली परम्परागत भएको पनि उनले बताए । ‘बजेट पारित गर्ने प्रक्रिया परम्परागत छ, यसमा सांसदहरुको सक्रियता र योगदान संस्थागत हुनुपर्ने हो तर त्यो हुन सकेको छैन,’ उनले भने, ‘तर, यसैपटक नीति कार्यक्रम र बजेटबीचको अवधि बढाउने प्रयास भएको छ ।’

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।