May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

इजरायलमा थप जोखिम बढ्दै

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १३:३१
इजरायलमा थप जोखिम बढ्दै
  • उत्तर र दक्षिण इजरायलमा जोखिम बढ्यो 
  • स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन आग्रह 
  • रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न अनुरोध 

काठमाडौं ।।

उत्तर र दक्षिण इजरायलमा जोखिम थप बढेपछि तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई बढी सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । “पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले यदि तपाईं रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला,” इजरायलस्थित नेपाली दूतावासले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ ।

दूतावासले इजरायलमा असुरक्षित महसुस गरिरहेका नेपालीलाई स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन समेत विशेष अनुरोध गरेको छ । “सुरक्षित आश्रयस्थल नभएकाहरूले दूतावासमा जानकारी गराउनुहोला,” दूतावासले भनेको छ । इजरायलको दक्षिणतर्फ गाजा र उत्तरतर्फ लेबनान रहेको छ । गाजा सीमामा इजरायली सेना र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चलिरहेको छ । उत्तरतर्फ रहेको लेबनानबाट पनि कट्टपन्थी समूह हज्बुल्लाहले बेलाबखत इजरायलमाथि रकेट आक्रमण गरिरहेको छ । इजरायली सेनाले पनि लेबनानको हज्बुल्लाह समूह रहेको स्थानमा हवाई आक्रमण गरेको छ ।

इजरायलको दक्षिण र उत्तरी दुवै सीमामा युद्ध चर्किने सम्भावना बढेको छ । पछिल्ला दिन इजरायलले गाजाको सीमानामा ठूलो संख्यामा आफ्ना सैनिक र ट्यांक तैनाथ गरेको छ । उत्तरी गाजामा स्थल, जल र हवाई आक्रमण गर्ने तयारीमा इजरायल छ र यसको घोषणा पनि गरिसकेको छ । इजरायलले उत्तरी गाजामा रहेका ११ लाख प्यालेस्टिनलाई घर छोडेर दक्षिण गाजामा सर्न उर्दी जारी गरिसकेको छ । इजरायलको उक्त उर्दीप्रति संयुक्त राष्ट्रसंघले आपत्ति जनाइसकेको छ ।

धेरैले इजरायलको उक्त उर्दीलाई ‘युद्ध अपराध’को संज्ञा दिएका छन् । अक्टोबर ८ मा हमासले अचानक इजरायलमाथि आक्रमण गरेपछि इजरायलको दक्षिण र उत्तरी सीमा क्षेत्रमा युद्ध चर्केको हो । हमासको आक्राणमा परी १० नेपाली विद्यार्थी मारिएका थिए । पछिल्ला दिन उत्तर र दक्षिण सीमामा युद्ध चर्किदै गएपछि नेपालले इजरायलमा रहेका २५३ विद्यार्थीलाई उद्धार गरी फर्काएको थियो । इजरायलमा उद्धारको पर्खाइमा अझै २०० भन्दा बढी नेपाली रहेका छन् । युद्ध झन् चर्किने संकतेहरू आएपछि इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई बढी सुरक्षित ठाउँमा सर्न भनेको छ ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।