April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान

१ वर्षको पैसा तिर्दा डिशहोमले २ वर्षको सेवा दिने

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १७:३३
१ वर्षको पैसा तिर्दा डिशहोमले २ वर्षको सेवा दिने
  • एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने
  • फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्यायो 
  • ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने
  • ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने

काठमाडौं ।।

बडाशैंको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने भएका छन् ।  घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि उक्त अफर ल्याएको हो । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।

थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाई वा आज नै ०१-५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ । चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।

यसअघि उक्त कम्पनीले एसिया कपमा नेपाल र भारतको खेलको खुसीयालीमा आफ्ना पुराना ग्राहकहरुका लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो । एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर घटस्थापना (असोज २८)  देखि पूर्णिमा (कात्तिक ११) सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १७:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।