April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

आईपीएलमा आज कोलकोता र राजस्थान भिड्दै

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ४, २०८१ ११:२५
आईपीएलमा आज कोलकोता र राजस्थान भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज कोल्कोता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दै छन् । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ ।

जारी आईपीएलमा शीर्ष र दोस्रो स्थानमा रहेका यी दुवै टिमको खेल रोचक हुने देखिएको छ । राजस्थान रोयल्सले अहिलेसम्म खेलेका ६ मध्ये ५ खेल जितेर १० अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै कोलकोताले खेलेका ५ खेलमा ४ जित हासिल गर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आईपीएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् । त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।

त्यस्तै राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ४, २०८१ ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।