November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

खिमा नन्द खरेल शब्द तथा संगीत रहेको ‘आमा तिम्रो तस्विर दैलामा’को चर्चा

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० 0८:३६
खिमा नन्द खरेल  शब्द तथा संगीत रहेको  ‘आमा तिम्रो तस्विर दैलामा’को चर्चा

काठमाडौं। गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको ‘आमा तिम्रो तस्विर दैलामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दशैँको अवसर पारेर बजारमा ल्याइएको सार्वजनिक गीतको भिडियोले जन्मदिने आमाको महिमाको वर्णन गरेको छ । जसमा शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ।

गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा , रमा थपलिया र बाल कलाकार इभान चैसीयारको मर्म स्पर्शी अभिनय देख्न सकिन्छ ।

भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले हरेक सुख दुस्खमा सम्झनाका तरेलीमा डुब्दै आमासँग बिताएका ति क्षणहरुलाइ भावनात्मक शैलीमा देखाइएको छ ।

आमाको अल्पायुमानै निधन भएपछि छोराले गरेका प्रगतिलाई आमाले देख्न नपाएको कुरालाई मार्मिक तरिकाले उठाइएको छ । जसको निर्देशन हेमन्त कान्छाले गरेका हुन् । भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् भने छायांकन किरण चौसीयारले गरेका हुन् ।

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० 0८:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्