May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

चीनको भूकम्पमा परी मर्नेको संख्या कुकुरको सहयोगमा १३० पत्ता लगाइयो

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० ११:0८
चीनको  भूकम्पमा परी मर्नेको संख्या कुकुरको सहयोगमा १३० पत्ता लगाइयो
  • उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुग्यो 
  • ७०० भन्दा धेरै घाइते
  • कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी

काठमाडौं ।।

उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् । नेपाली समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा क्षति पुगेको छ । पिपुल्स डेली अफ चाइनाले भूकम्पमा परी १३० जनाको मृत्यु भएको जनाएको छ । भूकम्पका कारण भवनहरु भत्किएका छन् । भग्नावशेष मानिसहरु पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ ।

भूकम्पका कारण सडक, सञ्चार, बिजुली र खानेपानी आपूर्तिमा पनि क्षति पुगेको छ । भूकम्प प्रभावित पहाडी क्षेत्रको न्यूनतम तापक्रम माइनस १० डिग्री सेल्सियससम्म रहे पनि खोज तथा उद्धारको काम तीव्रताका साथ भइरहेको पिपुल्स डेलीको अनलाइन संस्करणले जनाएको छ । चिनियाँ समाचार एजेन्सीहरुका अनुसार छिङहाइ प्रान्तमा भन्दा कान्सु प्रान्तमा बढी क्षति पुगेको छ । गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।