May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

भारतको भूकम्पले नेपाल हल्लायो

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० ११:३२
भारतको भूकम्पले नेपाल हल्लायो
  • केही जिल्लामा सोमबार बिहान भूकम्पको धक्का
  • भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस
  • भारतको वतन भन्ने स्थान केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गयो 

काठमाडौं ।।

सुदूरपश्चिम प्रदेशका केही जिल्लामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलालगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भारतमा गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेतस्थित कार्यालयले जनाएको छ ।नेपाली समयानुसार सोमबार बिहान ९ बजेर २६ मिनेटमा भारतको वतन भन्ने स्थान केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको सो कार्यालयका प्रमुख बलबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार नेपालको दार्चुलास्थित सिमानाबाट १५/१७ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु थियो । “दार्जुलापारि भारतको वतन केन्द्रविन्दु भएर ९.२६ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको हो,” उनले  भने, “त्यो स्थान दार्चुलाको सिमानाबाट १५/१७ किलोमिटर पर पर्छ ।” यो धक्का यही असोज १६ गते बझाङ केन्द्रविन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प नभएको उनले स्पष्ट पारे । उनका अनुसार बझाङको उक्त भूकम्पपछि हालसम्म ५४३ परकम्प मापन गरिएको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।