May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज

असिनाले बाली नष्ट गरेपछि किसान चिन्तित

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:0३
असिनाले बाली नष्ट गरेपछि किसान चिन्तित
  • वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप
  • पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित
  • दिनभरि मौसम सफा रहे पनि साँझपख वर्षा

बैतडी ।।

वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायत स्थानमा बाली नष्ट गरेको हो । असिनापानीले पाकेको धान, भटमास, कोदो र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए ।

पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएका सबै तरकारी समेत असिनापानीले नष्ट गरेको छ । दिनभरि मौसम सफा रहे पनि साँझपख वर्षा भएको थियो । वर्षाका कारण  खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताइन् । हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खरफागालाको घाँस काटेर सुकाउने गरिन्छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।