sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रिलिज नहुँदै इन्टरनेटमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’को चार मिनेट लामो दृश्य

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:१६
रिलिज नहुँदै इन्टरनेटमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’को चार मिनेट लामो दृश्य

काठमाडौँ।
आगामी हप्ता रिलिज हुने नेपाली चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’को झन्डै चार मिनेट लामो दृश्य इन्टरनेटमा आएको छ । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको निर्माण पक्षबाट नै चलचित्र ‘प्रिभ्यु’को रूपमा सो दृश्य सार्वजनिक गरिएको हो ।

युट्युब तथा फेसबुकमा भाइरल बनिरहेको दृश्यमा पशुपति क्षेत्रमा छायाङ्कन भइरहेको चलचित्रको सेटमा भष्मे डनले नायिका आँचल शर्मासँग फोटो खिच्न चाहेको र नपाएपछि आफ्नै सहकर्मीहरू प्रयोग गरी सम्मानजनक स्थान प्राप्त गर्न सफल भएको देखाइएको छ । यो ‘प्रिभ्यु’ले अभिनेता विपिन कार्कीको पात्र चरित्रलाई ‘जस्टिफाई’ गर्ने प्रयास गरेको छ ।

यस चलचित्रमा अघिल्लो चलचित्र ‘पशुपति प्रसाद’को प्रमुख पात्र पशुपति प्रसादको मृत्यु पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भष्मे डन’को जीवनमा आइपर्ने विभिन्न घटनाक्रमलाई देखाइएको छ । भष्मे डनको आफ्नो परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति सङ्घर्षको कथामा यो चलचित्र निर्माण गरिएको छ ।

चलचित्रमा विपिन कार्की सहित सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् ।

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid