May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

अध्यक्षमा पाण्डेको उमेद्वारी : इक्यान निर्वाचन

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० ११:२३
अध्यक्षमा पाण्डेको उमेद्वारी : इक्यान निर्वाचन

 

  • असार ३० शैक्षिक पारमर्श व्यवसाय संघ (इक्यानको) निर्वाचन 
  • इक्यानको सफल रुपमा नेतृत्व सम्हालिसकेका विष्णुहरि पाण्डेको अध्यक्षमा  उम्मेदवारी घोषणा 
  • वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरू र एड टेक अनलाइन संस्थाहरुलाई बन्द गराउनेसम्मका योजना

काठमाण्डौ ।।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ नेतृत्वको लागि आगामी असार ३० गते निर्वाचन हुँँदैछ । इक्यान नेपालको शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन हो ।  इक्यानको आसन्न महाधिवेशनमा विष्णुहरि पाण्डेले अध्यक्षमा  उम्मेदवारी घोषणा गरेका हुन् भने  सामाजिक सञ्जालमार्फत् आइतबार संघको पूर्वअध्यक्ष समेत रहेका पाण्डेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

संघभित्र नेतृत्व संकट देखिएको भन्दै आफूले उम्मेदवारी दिएको पाण्डेले उल्लेख गरेका छन् । यसअघि इक्यानको सफल रुपमा नेतृत्व सम्हालिसकेका पूर्व अध्यक्ष पाण्डे इक्यानलाई फेरि भाइब्रेन्ट बनाउन आफू नेतृत्वमा दोहोरिनु परेको उनि  दाबी गर्छन् ।

उनले २० महिनामै नेतृत्व हस्तान्तरण गर्ने, प्रत्येक ३ महिनामा पत्रकार सम्मेलन गरेर इक्यानको कार्य प्रगति विवरण सार्वजनिक गर्ने, ६ महिनाभित्र संस्थाको घर खरिदका लागि काम सुरु गर्ने, घरको किस्ता तिर्नका लागि स्थायी स्रोतको व्यवस्थापन गर्ने लगायतका एजेण्डा अघि सारेर अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् ।

शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने संस्थाको छाता संगठनको रुपमा रहेको इक्यानले तालिम र व्यवसायीक विकासमा जोड दिने, इक्यानका शाखालाई आर्थिक अधिकार दिएर सम्पन्न बनाउने, इक्यानलाई नेता संगठनको रुपमा विकास गर्ने, सरकारसँगको लबिङ पछि धरौटी रोक्ने र जिल्लाहरुमा शाखा खोल्ने अधिकारी सुनिश्चित गर्ने समेत पाण्डेका महत्वपूर्ण  एजेण्डाहरु  छन् ।

इक्यानलाई अन्तराष्ट्रिय रुपमा परिचित गराउने र अन्य देशका संगठनहरुसँग पनि कार्यगत मित्रता बढाउने तथा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरू र एड टेक अनलाइन संस्थाहरुलाई बन्द गराउनेसम्मका योजना अघि सारेका छन्।

प्रतिष्ठित शैक्षिक व्यवसायी समेत रहेका पाण्डे इक्यानमा सुशासन र इमान्दार नेतृत्वको वकालतकर्ता हुन् । उनी यसअघि कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष, अध्यक्षमा निर्विरोध निर्वाचित भएका व्यक्ति हुन् ।संघमा देखिएका अरु ३ जना अध्यक्षका आकांक्षीलाई शक्तिशाली विभागको जिम्मेवारी दिएर व्यवस्थापन गर्ने गरी आफू सर्वसम्मत अध्यक्ष बन्ने पहलमा समेत पाण्डेले सक्रियता बढाएका छन् ।

संस्थामा विधि पद्दतीलाई केन्द्रमा राखेर काम गर्ने नेतृत्वका रुपमा पाण्डे परिचित छन् । उनले यसअघिको कार्यकालमा आफ्नो कार्यकाल सकिनुपूर्व २० महिना २० दिनमा नै नेतृत्व हस्तान्तरण गरेका थिए । पाण्डे त्यस्ता व्यक्ति हुन् जसले यसअघि आफ्नो कार्यकालमा परामर्श सेवामा विदेशी लगानी भित्रिन हुन्न भनेर ‘नो टू एफडीआई’ को एजेण्डामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

यससम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । उनले आफू अध्यक्ष रहँदा शैक्षिक परामर्शको लागि भन्दै मेरियट होटलमा विदेशीले सञ्चालन गर्न लागेको कार्यक्रमलाई बन्द समेत गराएका थिए । हाल उनीहरु कुनै पनि वैधानिक हैसियतमा छैनन् ।

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।