sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यम अधिकारीलाई प्रधानसेनापति बनाउने भनेकै छैन : रक्षामन्त्री खड्का

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:४७
यम अधिकारीलाई प्रधानसेनापति बनाउने भनेकै छैन  : रक्षामन्त्री खड्का
  • रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने गलत प्रचार
  • प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्नेजस्ता भ्रम नछर्न आग्रह
  • सेनाको विधानबाहिर गएर सरकारले कुनै काम नगर्ने

काठमाडौं ।।

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले उमेर र अवधिले भ्याउँदा एकपटकलाई तीन वर्ष पदावधि थप्न सकिने व्यवस्था रहेको बताए । सोहीअनुसार सहायक रथी अधिकारीको पदावधि तीन वर्ष थपिएको उनको भनाइ छ ।

उनले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे । नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको उनले बताए । उनले नेपाली सेनाको प्रधानसेनापति हुनका निम्ति निश्चित मापदण्ड रहेको उल्लेख गरे । सेनाको विधानबाहिर गएर सरकारले कुनै काम नगर्ने उनले बताए । यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको उनको जिकिर छ ।

“…एकपटकलाई पदावधि थपिने प्रचलनानुसार यमप्रसाद अधिकारीको पनि अहिले तीन वर्षको लागि म्याद थप गरेको हो । अहिले सेनाको नियमावली चलाएर के–के गरेर यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्ने केही सञ्चारमाध्यमले समाचार बनाए । आज पनि एउटा लेख देखेँ, नियमावलीमा यताउति गरेर केही गर्न खोजिँदै छ भन्ने,” उनले भने, “यी सबै कुरा मिथ्या हुन्, झुटो हो । नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड छ । सैनिक नियमका आधारभन्दा दायाँबायाँ सरकार जाने, रक्षा मन्त्रालय जाने, म जाने कल्पना पनि गर्न सक्दिनँ । त्यसैले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो । झुटो हो ।”

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid