May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश हो : उपेन्द्र महतो

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १0:४३
गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश हो : उपेन्द्र महतो
  • देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पायो 
  • नेपाल आमालाई कसरी समृद्ध बनाउने प्रण गर्दछौं 
  • गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउँछन् 

काठमाडौं ।।

गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पाएको बताएका छन् । गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको भन्दै उनले भने, ‘प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरु नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी खुसी बनाउन सकिन्छ, कसरी शान्त बनाउन सकिन्छ भन्ने अभियानमा लागिरहने संकल्प गर्दछौं ।’

गैरआवासीय नेपालीहरु जुन देशमा बसे पनि हामी नेपाली नै हौं भन्ने भावबाट ओतप्रोत भएर आफ्नो देशलाई समृद्ध बनाउने अभियानमा लागेको भन्दै उनले त्यसले आज वैधानिकता पाएको भन्दै खुसी व्यक्त गरे । एनआरएनहरुलाई नागरिकता उपलब्ध गराउनका लागि पहल गरेको भन्दै प्रधानमन्त्री प्रचण्ड, नेपाल सरकार र प्रतिनिधि सभा सदस्यहरुप्रति आभार प्रकट गरेका उनले सबै गैरआवासीय नेपालीहरुले सहज ढंगले नेपाली नागरिकता पाउने विश्वास व्यक्त गरे ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट