May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

लगातार कुटपिटका कारण स्वास्थ्य र गृह मन्त्रीको राजीनामा माग्दै स्वास्थ्यकर्मी

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १६:२९
लगातार कुटपिटका कारण स्वास्थ्य र गृह मन्त्रीको राजीनामा माग्दै स्वास्थ्यकर्मी
  • ‘गृह मन्त्री राजीनामा दे’,
  • ‘स्वास्थ्य मन्त्री राजीनामा दे’
  • दोषीमाथि राजनीतिक संरक्षण बन्द गर
  • ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’,

काठमाडौं ।।

‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ ‘दोषीमाथि राजनीतिक संरक्षण बन्द गर’, ‘स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’, ‘हजुरको आसु हामीले हर्ने हो हाम्रो आसु कसले हेर्ने हो’, ‘तपाईंलाई विदेशी महंगा अस्पताल होला आम जनतालाई हामी नै हो’, ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’,  ‘कामेको हातले उपचार सम्भव छैन’, ‘सेतो कोट रातो भए समाज नै कालो हुन्छ ।’ यी नारा कुनै कलेजका विद्यार्थीले लगाएका होइनन् । यी त आफ्नो सुरक्षाको माग गर्दै सडकमा निस्किएका चिकित्सकले माइतीघरमा उभिएर लगाएका नारा हुन् ।

अस्पतालमा पुगेर बिरामी परीक्षण गर्नुपर्ने समयमा चिकित्सकहरु बुधबार पनि सडकमा उत्रिएर यसैगरी नारा लगाए । माइतीघरमा नारा लगाएर उनीहरु नेपाल मेडिकल एशोसियसनका कार्यालयमा ताला लगाउन जाने कार्यक्रम उनीहरुले तय गरेका थिए । तर वार्ताको आश्वासन पाएपछि उनीहरु पछि हटे । आफुहरुमाथि पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले गृह मन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिनुपरेको बताएका छन् ।

उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरुको भनाइ छ । “हामीले चाँडोभन्दा चाँडो सरकारले वार्तामा बोलाओस् भन्ने चाहन्छौँ,” राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप उखडले भने ।

सरकारले वार्ताको तयारी गरेकाले पनि आफूहरु तालाबन्दीमा नपुगेको एक चिकित्सकले बताएका छन् । “अहिले चिकित्सकले पिटाइ खाएर उपचार गर्नुपरेको छ । न्यायको लागि हामी सडकमा उत्रिएका हौँ,” उनले भने, “ चिकित्सक कुट्दैमा समस्याको समाधान हुँदैन । लापरवाही भएको रहेछ भने कारवाही गर्ने निकाय नै छन् । हामी चिकित्सकले ज्ञान र सिप प्रयोग गर्ने हो । लापरवाहीको अर्थ के हो ?” आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आफूहरुलाई कुटेर पैसाको बार्गेनिङ गर्ने समूह बढेकाले अहिले समस्या भएको बताए ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।