June 5, 2025 | बिहिबार, जेष्ठ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिर्गौला, मुटु र दीर्घरोगीले खानै हुँदैन

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १२:२0
मिर्गौला, मुटु र दीर्घरोगीले खानै हुँदैन
  • सेतो मासुको तुलनामा रातो मासुमा बढी चिल्लो, बोसो र कोलेस्टेरोलको मात्रा बढी हुने 
  • मासुमा भएको बोसो रक्तनली वा धमनी साँघुरो बनाएर रक्तसञ्चारलाई प्रभाव पार्छ
  • जुन धेरै खाँदा मुटुरोग तथा उच्च रक्तचापको जोखिम हुन्छ

काठमाडौं ।।

अहिले यसैपनि दशैंको माहौल सुरु भइसकेको छ । दशैंको प्रिय भोजन हो, मासु । त्यसमा पनि खसीको पक्कु । तर, खसीको मासु खाने कि नखाने ? कतिपयमा द्विविधा हुन्छ । खासगरी मुटुको रोग भएका, कोलेस्टोरको समस्या भएकाहरु खसीको मासु खान डराउँछन् । पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी भन्छन्, ‘कुनै पनि रोगको लागि यो खानेकुरा खानै हुन्न भन्ने हुँदैन । जुनसुकै रोगमा पनि सबै कुरा खान मिल्छ तर सन्तुलन मिलाएर र उमेर अनुसार मात्रा मिलाएर चिकित्सकको सल्लाह अनुसार खानुपर्ने हुन्छ ।’

खसीको मासुमा उच्च प्रोटिन, जनवारजन्य बोसो (एनिमल फ्याट) का साथै हाई कोलेस्टेरोल र हाई कार्बोहाइड्रेट पनि हुन्छ । यस्ता बोसोयुक्त रातो मासु अत्यधिक खाँदा विभिन्न रोग निम्त्याउन सक्ने उनी बताउँछन् । मासु रातो र सेतो गरी दुई प्रकारको हुन्छ । खसीको मासुलाई रातो मासुमा राखिन्छ । मुटुरोग विशेषज्ञ डा. माधव विष्ट भन्छन्, ‘सेतो मासुको तुलनामा रातो मासुमा बढी चिल्लो पदार्थ, बोसो र कोलेस्टेरोलको मात्रा बढी हुन्छ । जुन धेरै खाँदा मुटुरोग तथा उच्च रक्तचापको जोखिम हुन्छ । किनकि मासुमा भएको बोसो रक्तनली वा धमनी साँघुरो बनाएर रक्तसञ्चारलाई प्रभाव पार्छ ।’

रक्तसञ्चार राम्ररी हुन नपाएपछि मुटुमा चाप पर्छ र रक्तचाप एक्कासि बढ्छ । त्यसैले मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका बिरामीलाई रातो मासु कम खान उपयुक्तहुने डा. विष्ट सुझाउँछन् । ‘बरु यसको सट्टामा कुखुरा र हाँसको मासु खान सकिन्छ,’ उनी भन्छन् । मुटुरोग, फ्याटी लिभरको समस्या भएका व्यक्तिले सकेसम्म रातो मासु खान हुँदैन । यसमा भएको उच्च कार्बोहाइड्रेट र कोलेस्टेरोलले रोग अरु बल्झाउने सम्भावना हुने डा. भण्डारी बताउँछन् । रातो मासु धेरै खाँदा मोटोपन र कोलेस्टेरोल बढ्ने सम्भावना अधिक हुन्छ ।

मासु पच्ने कुरा उमेरमा पनि भर पर्छ । ‘२० वर्षको मानिसले धेरै खाए पनि त्यो सामान्य हुन्छ । किनकि उसको मेटाबालिज्म बलियो हुन्छ । तर ४० वर्षको उमेरमा बढी मासु खाएमा मुटुरोग, उच्च रक्तचाप, प्यारालाइसिस र हृदयघातको जोखिम हुन्छ,’ डा. भण्डारी भन्छन्, ‘उमेर बढेसँगै मेटाबोलिजम घट्दै जान्छ ।’

 

खसीको मासु कसले खानुहुँदैन ?

खसीको मासु पटक्कै खानु हुँदैन भन्ने नभएको डा. भण्डारी बताउँछन् । तर युरिक एसिडको समस्या भएकाले खसीको मासु कम खानु राम्रो हुने उनको सुझाव छ । ‘किनकि खसीको मासुमा प्रोटिन र बोसोको मात्रा धेरै हुन्छ,’ उनी भन्छन्, ‘युरिक एसिडको समस्या भएकाले प्रोटिन बढी सेवन गर्दा जीउ दुख्ने वा रोग अझ बल्झिने सम्भावना हुन्छ ।’ मिर्गौला फेल भएकाले पनि खसीको मासु कम खानु लाभदायक हुन्छ । मिर्गौलाको काम प्रोटिनलाई छानेर शरीरलाई चाहिने र नचाहिने कुरा छुट्टाउनु हो । यदि मिर्गौला फेल, भएका व्यक्तिको मिर्गौलाले प्रोटिन छान्न नसक्ने भएकाले दैनिक सीमित मात्रामा मात्र प्रोटिन खान डा. भण्डारी सुझाउँछन् ।

यस्तै पायल्स, फिस्टुलाका बिरामीले कब्जियत गराउने खानेकुरा सकेसम्म कम खानुपर्छ । ‘खसीको मासुमा बोसो र प्रोटिन बढी भएकाले गर्दा पच्न समय लाग्ने गर्छ । यसले कब्जियत भएर दिसा गर्न समस्या हुनसक्छ । त्यसैले पायल्सको बिरामीलाई पनि मासु नखाने नै सल्लाह दिइन्छ,’ डा. भण्डारी भन्छन् । यस्तै दीर्घरोगीले सकेसम्म खसीको मासु कम खानु राम्रो हुन्छ । किनकि यसमा धेरै फ्याट र प्रोटिन हुन्छ, जसले शरीरमा एसिड र शरीरलाई नचाहिने कोलेस्टेरोलको मात्रा बढाउँछ ।

खसीको मासुको विकल्पमा गेडागुडी, च्याउ, पनीर, तोफू, भटमास दुग्धजन्य पदार्थ (दूध, दही, चीज), फलफूल जस्ता प्रोटिनका साथै फाइबरयुक्त खानेकुरा खान सकिन्छ । तर मासुमा पाइने एनिमल फ्याटका लागि भने मासु नै खानुपर्ने डा. विष्ट सुनाउँछन् । यसमा पाइने भिटामिन बी-१२ अन्य खानेकुराले पूर्ति गर्न नसक्ने उनी बताउँछन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट