काठमाडौं ।।
चालु आर्थिक वर्षको भदौसम्म सरकारको चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार भदौसम्म चालु खातामा सुधार भएको हो । गत वर्षको भदौसम्म चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा थियो ।