July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

क्रिप्टो करेन्सी कारोबार आशंकामा कपडा व्यापारी पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १0:४0
क्रिप्टो करेन्सी कारोबार आशंकामा कपडा व्यापारी पक्राउ

राजस्व अनुसन्धान विभागले हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।

गएराति क्षेत्रपाटीस्थित निवासमा छापा मारी करिब सवा २ करोड नगदसहित उनलाई नियन्त्रणमा लिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।

उनलाई अहिले राजस्वको हिरासतमा राखिएको छ। अवैध कारोबारमा उनको टिम नै संलग्न रहेको र उनीसँगै अरु दुई जनालाई पनि नियन्त्रणमा लिइएको महानिर्देशक ढुंगानाले बताए। अग्रवाल अवैध धन्दामा लागेको आशंकामा विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो। बाहिर कपडा व्यापार देखाए पनि भित्रभित्रै सुन, हुण्डी र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुमान छ।

महानिर्देशक ढुंगानाका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ। थाहा खबरबाट

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्