April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बाइडेन बुधबार इजरायल जाँदै

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १६:0७
बाइडेन बुधबार इजरायल जाँदै
  • जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने
  • गाजामा हमासविरुद्ध भूमिगत आक्रमण गर्ने
  • इरानले इजरायलविरुद्ध पूर्व-प्रभावकारी एक्सन चाल्ने चेतावनी

काठमाडौं ।।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । भ्रमणमा उनले गाजामा हमासविरुद्ध भूमिगत आक्रमण गर्ने इजरायलको योजनाबारे बुझ्ने बताइएको छ । यस्तै, इजरायलले सर्वसाधरणको हताहत कम गर्ने तरिकाले कसरी आफ्नो आक्रमण गर्नसक्छ भनेर पनि उनले छलफल गर्ने बताइएको छ । गाजामा हमासविरुद्ध इजरायलले व्यापक आक्रमण गरिरहेको छ तर, यसमा प्यालेस्टाइनीहरूले ठूलो संकटको सामना गरिरहेका छन् ।

यसबीच इरानले इजरायलविरुद्ध पूर्व-प्रभावकारी एक्सन चाल्ने चेतावनी दिएको छ । यसले दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह मिलिसियाको संलग्नताको संकेत गरेको छ । इजरायलमा अक्टोबर ७ यता हमासको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ३०० नाघेको छ । इजरायलले गाजामा गरेको जवाफी हमलामा दुई हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० १६:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।